काठमाण्डौ । माछापुच्छ्रे बैंकले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखी ‘एजुकेसन हब’ सेवा शुरु गरेको छ । 

बैंकले एकद्वार प्रणालीमार्फत सम्पूर्ण शैक्षिक कर्जा र अनलाईन भुक्तानी सेवा सम्बन्धित परामर्श तथा सेवाहरु सहज रुपमा प्रदान गर्ने उद्दश्यले उक्त ‘हब’ सञ्चालनमा ल्याएको हो  । 

‘हब’बाट विद्यार्थीहरुले तुरुन्तै बैंकको खाता समेत खोल्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकको काठमाण्डौ स्थित पुतलीसडक शाखाबाट उक्त सेवाहरु ग्राहकहरुलाई प्रदान गरिने बैंकले जनाएको छ । 

अब उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने नेपाली विद्यार्थीहरुले शैक्षिक कर्जा सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न सक्नेछन् साथै कर्जाका लागि आवेदन समेत दिन सक्नेछन् । 

विद्यार्थीहरुले सोही ‘हब’बाटै सम्पूर्ण अनलाईन भुक्तानी सेवा जस्तै पिटिई, आएल्टस्, जीम्याट, जीआरई, टोफेल, स्याट, यूएसएमएलि, एसिटि, एसिसिए, अस्ट्रेलियन भिषा शूल्क, कलेज आवेदन, सेमिनार दर्ता, ट्रान्स्क्रिप्ट अर्डर आदि बारे जानकारी लिन तथा सेवा उपभोग समेत गर्न सक्ने बैंकले जनाएको छ ।

यसबाहेक विद्यार्थीहरुले शाखामार्फत आफूलाई उपयोगी बैंकको स्टुडेन्ट सेभिङ्ग बचत खाता पनि तुरुन्तै खोल्न सक्नेछन् । 

यस सेवाबाट विशेष गरी उच्चशिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीहरु लाभान्वित हुने बैंकको दाबी छ । 

यो सेवा आउँदा दिनहरुमा आफ्ना अरु शाखामार्फत समेत विस्तार गर्दै जाने लक्ष्य बैकले राखेको जनाएको छ ।  

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ९३ वटा शाखाहरु र ५७ शाखारहित बैकिङ्ग सेवा गरी जम्मा १५० स्थानबाट ग्राहकमा सम्पूर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ११४ वटा एटीएमहरु सञ्चालनमा छन् ।