काठमाण्डौ । आयुर्वेदिक औषधि र खाद्य वस्तुहरु उत्पादन गर्ने भारतको पतञ्जली आयुर्वेदले कोरोना भाइरसविरुद्धको औषधि बनाएको दाबी गरेको छ ।
पतञ्जली आयुर्वेदका सहसंस्थापक आचार्य बालकृष्णले आफ्नो कम्पनीले कोरोनाविरुद्धको औषधि बनाउने कार्यमा सफलता प्राप्त गरेको र यसको सेवनबाट हालसम्म करीब १ हजार कोरोना संक्रमित निको भइसकेका दाबी गरेका छन् ।
उनले भारतका विभिन्न क्षेत्रका कोरोना संक्रमितहरुलाई यो औषधि दिइएको र यसको सेवनपछि करीब ८० प्रतिशत संक्रमितहरु कोरोनाबाट मुुक्त भएका बताएका हुन् ।
यसका साथै उनले चीनको वुुहानका साथै विश्वभर कोरोनाको कहर देखिन थालेपछि पतञ्जलीले यसविरुद्धको औषधि विकास गर्न लागिपरेको र त्यसको परिणाम अहिले देखिएको बताएका छन् ।
बालकृष्णका अनुुसार पतञ्जलीले यो औषधिको सफल परीक्षण मात्रै नभई यसलाई पूर्ण रुपमा तयार समेत गरिसकेको छ ।
भारतीय मिडिया आजतकका अनुसार उनले यो औषधिलाई शास्त्र र वेदको अध्ययन पश्चात त्यसलाई विज्ञानको फर्मुुलामा रुपान्तरण गरेर आयुर्वेदिक जडिवुुटीको प्रयोगबाट तयार पारिएको दाबी गरेका छन् । यसको विकासका लागि पतञ्जलीका सयौं वैज्ञानिकहरुले योगदान दिएका उनको भनाई रहेको समाचारमा उल्लेख छ ।
-Aajtak
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago