काठमाण्डौ । नेपाल सरकारले सबै नागरिकलाई बैंकमार्फत कारोबार गराउने लक्ष्य लिएकोमा त्यसैलाई ध्यानमा राखी सुरु गरेको सबै नेपालीको बैंक खाता अभियानका साथै वित्तीय साक्षरताको महत्वलाई साथ दिदैं सेञ्चुरी कमर्सियल बैंकले गाउँ गाउँमा साक्षरता अभियान सुरु गरेको छ ।
यही क्रममा पनौती नगरपालिका र बेथानचोक गाउँपालिकालाई लक्षित गरेर बैंकले पनौतीमा बैशाख २८ गते, शनिबार एक दिने वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
कार्यक्रम मुख्य विष्यवस्तु सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान अन्तर्गतको व्यवसायिक कृषि तथा पशुपंक्षी कर्जा सम्बन्धी जानकारीका साथै डिजिटल वित्त(विद्युतीय वित्त)सम्बन्धी जानकारी दिइएको थियो ।
बैंकले संस्थागत सामाजिक उतरदायित्व अन्तर्गत आयोजना गरेको सो कार्यक्रममा २०० जनाभन्दा बढीको सहभागी थियो ।
कार्यक्रमको उद्घाटन गर्दै पनौती नगरपालिकाका उपप्रमुख गीता बञ्जाराले कृषि र पशुपालनलाई छनोट गरेर आएको सेञ्चुरी बैंकलाई नगरले समन्वय गरेर कार्यक्रम गर्ने प्रतिबद्धता जनाउंदै बैंक वास्तविक किसानसम्म पुग्न सक्नुपर्ने सुझाव दिइन् ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराईले सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान सुरु गरिरहेको बताए ।
स्थानीयहरुले बैंकसम्बन्धी थुपै जिज्ञासा राखेका थिए । सो विषयमा बैंकका प्रमुख कर्जा अधिकृत मनोज न्यौपानेले प्रष्ट पारेका थिए । उनले सहुलियतपूर्णको कर्जाको विषयमा समेत स्थानीयलाई जानकारी दिएका थिए ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19