काठमाण्डौ । अर्थशास्त्री र लगानीकर्ताहरु यो महिनामा हुुनसक्ने निराशाजनक आर्थिक आँकडाका लागि तयार थिए । तर, सिनियर सर्भे एक्जीक्युुटिभहरुले निजी क्षेत्रका कम्पनीहरुको पछिल्लो पर्चेजिङ म्यानेजर इन्डेक्स नजिकबाट नियाल्दा दर्दनाक अवस्थामा रहेको पाएका छन् ।
निर्माण र सेवा क्षेत्रहरुका गतिविधिहरुलाई ट्रयाक गर्ने युुरोजोन कम्पोजिट पिएमआईको अप्रिल महिनाको पर्चेजिङ म्यानेजर इन्डेक्स १३.५ रहेको छ । जुुन मार्च महिनामा २९.७ थियो । यो सर्भे सुुरुवात भएको १९९८ पछि कै सबैभन्दा खराब रिडिङ हो ।
यो बर्लिनदेखि पेरिस र आम्सटर्डमसम्म कोरोनाभाइरसको फैलावट रोक्न लागू गरिएका प्रतिबन्धहरुले युरोपको अर्थतन्त्रलाई कुुन हदसम्म प्रभावित पारेको छ भन्ने संकेत हो । सन् २००९ फेब्रुुअरी महिनाको विश्व आर्थिक मन्दीको सबैभन्दा खराब रिडिङ ३६.२ थियो । ५० भन्दा तलको रिडिङले आर्थिक गतिविधिमा संकुुचन आइरहेको छ भन्ने संकेत गर्दछ ।
“डरलाग्दो घरमा स्वागत छ ।” प्यान्थेओन म्याक्रोइकोनोमिक्समा कार्यरत युरोजोनका प्रमुुख अर्थशास्त्री क्लाउस भिस्टीसेनले ग्राहकहरुलाई एउटा नोटमा भनेका छन् ।
बिहीबार बेलायत र जापानका पिएमआई आँकडाहरुले उत्पादन क्षेत्रमा सबैभन्दा खराब गिरावट दर्ता गरेका छन् । संयुुक्त राज्य अमेरिकाको उत्पादन र सेवा क्षेत्रको पिएमआइ पनि २७.४ मा पुुगेको छ । जुुन मार्च महिनामा ४०.९ थियो । सन् २००९ मा पहिलो पटक डाटा श्रृंखलाको संकलनको सुुरुवातपछि यो उत्पादनमा देखिएको सबैभन्दा तीव्र गिरावट हो ।
दुुखद समाचार त्यहाँ नै अन्त हुँुदैन । कोरोनाभाइसको प्रभाव चाँडो नै अन्त गरेको दक्षिण कोरियाले भर्खरै मात्र सन् २००८ पछिकै सबैभन्दा खराब संकुुचनको सामना गरेको छ । यो महामारीले त्यहाँको ग्राहकको माग र निर्यातमा भारी गिरावट ल्याएको छ । अमेरिकी सरकारका अनुुसार ४.४ मिलियन अमेरिकी जनताले आफूहरु बेरोजगार भएको पहिलो सातामा बेरोजगार भत्ताका लागि निवेदन दिएका थिए ।
यूरोपका नेताहरुको बहस
बिहीबार यूरोपका नेताहरु यो कठिन अवस्थाबाट कसरी पार लाग्न सकिन्छ भनेर भिडियो कन्फरेन्सका माध्यमबाट जम्मा भएका थिए । उक्त क्रममा आर्थिक संकटलाई राहात कोषबाट कसरी उकास्ने भनेर बहस भएको थियो ।
कतिपयले यो प्रयासलाई दोस्रो विश्वयुुद्धपछि लागू गरिएको मार्सल प्लानको नयाँ स्वरुप भनेर व्याख्या गरेका थिए । युुरोपेली युुनियनसामुु यतिबेला असमान परिणामको बचाव कसरी गर्ने भन्ने चुुनौति रहेको छ । जहाँ उत्तरतिरका देशहरु जर्मनी र नेदरल्याण्ड दक्षिणतिरका देशहरु इटली र स्पेन भन्दा तीव्र गतिमा लयमा फर्किरहेका छन् । जसले एन्टी इयुु सेन्टिमेन्टलाई बढावा दिने अनुमान लगाइएको छ ।
अप्रिल ९ मा इयुुका अर्थमन्त्रीले प्रस्ताव गरेको प्याकेजलाई बिहीबारको मिटिङ अघि इयुुका नेताहरु ५३९ बिलियन अमेरिकी डलरभन्दा बढी पुुर्याउन सक्ने अनुुमान लगाइएको थियो । तर, उनीहरु अहिले पनि यति ठूलो प्याकेजका लागि कसरी रकम जुुटाउने भनेर विमति राखिरहेका छन् । यसमा एकिकृत ऋण या त एकिकृत ग्यारेन्टेड ऋण (जसलाई कोरोना बोन्ड नाम दिइएको थियो )जुुटाउने भन्ने विषय रहेका छन् ।
जर्मन चान्सलर एञ्जेला मर्केलले बिहीबार यस्तो प्रकारको बन्डको आफू विरोधी रहेको बताइन । उनले इयुुको सन्धि परिवर्तन गर्न सबै २७ वटै देशहरु सहमत हुुनुुपर्ने बताइन । नेताहरुले यो सातासम्म पनि आफ्ना सबै समस्याहरु हल गर्ने नसक्ने अनुुमान लगाइएको छ । तर लगानीकर्ताहरुले एउटा ठूलो रिकभरी फन्डको प्रमुुख सिद्धान्तहरुमाथि सम्झौता हुुने र केही प्रगतिको संकेतहरु देखिने आशा लिएका छन् ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago