काठमाण्डौ। लकडाउन खुकुलो पारिएसँगै भारतको पश्चिम बंगाल राज्यमा केवल १० घन्टामै भारु ६५ करोड (१०४ करोड नेपाली रुपैयाँ) को रक्सी बिक्री भएको छ।

केवल १० घन्टामै यत्रो रकमको रक्सी बिक्री भएको पश्चिम बंगालमा यो पहिलो रेकर्ड हो। लकडाउनअघिको सामान्य अवस्थामा पश्चिम बंगाल राज्यमा दैनिकजसो औसात भारु ४० देखि ४५ रुपैयाँ रक्सीको कारोबार हुन्थ्यो।

पश्चिम बंगाल राज्यमा लकडाउन खुकुलो पारिएसँगै अपराह्न १२ बजेदेखि साँझ ७ बजेसम्म रक्सी पसल खोल्ने अनुमति दिइएको छ। स्पष्ट निर्देशन हुँदा पश्चिम बंगालमा सोमबार साँझ ३ घन्टामात्र रक्सी पसल खुलेका थिए भने मंगलबार भने ७ घन्टा नै खुलेका थिए। 

यसरी दुई दिनमा १० घन्टा खुल्न पाएका रक्सी पसलहरुमा भारु ६५ करोड रुपैयाँको कारोबार भएको राज्य सरकारले जनाएको छ। 

कोरोनाका कारण निम्तेको आथिंक संकट टार्न पश्चिम बंगाल सरकारले रक्सीमा ३० प्रतिशत अतिरिक्त शुल्क लगाएको छ।