काठमाण्डौ ।पहिला घर किन्ने कि गाडी ? यो प्रश्न तपाईको मात्र होइन आम उपभोक्ताको हुन्छ नै । 

हुन त यदि तपाईंसँग पैसा छ भने पहिला घर किने पनि भयो नभए गाडी किने पनि भयो । यो पनि सोध्ने प्रश्न हो र भन्न पनि नसकिने होइन । यो त तपाईको विचारको विषय पनि भयो । अझ नेपालमा त पछिल्ला दिनमा घर वा कार पहिला के भन्ने विषय मध्यमवर्गीय परिवारमा चाहिं जोडतोडले चल्ने गरेको छ । यो, अन्योलताले निक्कै पिरोलेको पनि भेटिन्छ ।

तर वित्तीय क्षेत्रका बिज्ञ रोबर्ड कियोसाकी घर या गाडी यात अन्य कुनै वस्तु तथा सेवा वा लाइब्लिटिज खरिद गर्नुछ भने सबैभन्दा पहिला एसेट(सम्पती) निर्माण गर्नुपर्ने बताउँछन्  ।अव यहाँ प्रश्न उठ्न सक्छ, यो एसेट भनेको के हो ? एसेट यदि पहिला नै निर्माण गरिसकेको छ भने यस्तो प्रश्नको निचोडमा पुग्न तपाईलाई धेरै सहयोग पुग्दछ ।

तपाईले काम गरे पनि या नगरे पनि एसेटमार्फत् पैसा आइरहन्छ। अर्थात् यसलाई अर्को अर्थमा पनि बुझ्न सकिन्छ । यदि तपाईले बैंकमा पैसा फिक्सड डिपोजिटमा राख्नु भएको छ भने महिना-महिनामा ब्याज आम्दानी आइरहन्छ । त्यस्तै घर भाडामा लगाउनु भएको छ भने पनि महिनामा पैसा आइरहेको हुन्छ ।वा गाडी नै भाडामा दिनु भएको छ भने पनि महिना सकिने वित्तिकै भाडा आइरहन्छ ।

यस्ता कुरालाई सामान्य भाषामा एसेट भन्ने गरिन्छ । तर लाइब्लिटिजले भने तपाईलाई खर्च गराउँछ ।जसले प्रत्येक महिना तपाईको खल्तिबाट खर्च गराइरहन्छ । जस्तो निजी घर छ भने सरकारलाई वर्षैपिच्छे कर तिरिरहनु पर्दछ ।यदि बैंकबाट ऋण लिनु भएको छ भने पनि महिनै पिच्छे ब्याज र किस्ता तिर्नुपर्ने हुन्छ ।

निजी कारले पनि आम्दानी दिंदैन किन भने तपाईले कार व्यक्तिगत प्रयोजनका लागि मात्र प्रयोग गर्नुहुन्छ । निजी कारलाई पनि विज्ञहरुले लाइब्लिटिजको रुपमा ब्याख्या गरेका छन् ।

वित्तीय विज्ञ किसोसाकीले यदि कोहि पनि एसेट नबनाइकन लाइब्लिटिज तिर गयो भने भविष्यमा अप्ठ्यारो पर्न जाने बताउँछन् । पछि दु : ख पाउने अवस्था सृजना हुन्छ । उदाहरणको लागि एक जना मानिससँग १ करोड  रुपैयाँ छ र उसले कार किन्छ भने उसलाई कुनै फरक पर्दैन ।तर उसले कारबाट प्रत्यक्ष रुपमा कहिल्यै पनि फाइदा लिन सक्दैन ।

यदि उसले त्यो रुपैयाँ  कुनै सेक्टरमा लगानी या घर नै किन्छ भने पनि त्यहाँबाट उसले मासिक रुपमा आम्दानी लिन सक्छ । घरको मूल्य पनि पाँच/छ वर्षमा २ करोडभन्दा बढी पनि हुन सक्दछ । लगानीको हिसाबले हेर्ने हो भने भविष्यमा मूल्य बृद्धिसँगै घरमा गरिएको लगानीले उच्चतम प्रतिफल दिनसक्छ । तर, तपाईं व्यवसायिक क्यारियरमा संलग्न हो भने कारको आवश्यकता धेरै हुनसक्छ । त्यसैले आजभोलि खासगरी युवाहरुमा पहिला कुन किन्ने भन्ने विषय निकै पेचिलो बन्ने गरेको छ ।

यदि उसले मासिक आम्दानीबाट किस्ता तिर्ने गरी कार खरिद गर्छ भने पाँच/छ वर्षमै उसँग कार पनि हुन्छ, अनि सावाँ रकमबाहेक अरु पनि रकम जम्मा हुन्छ ।तर यदि उसले १ करोड शुरुमै कार खरिदमा लगानी गरेको छ भने अवको पाँच/ सात वर्षमा  कुल लगानीको ३०/ ४० प्रतिशत मात्र बाँकी हुन जान्छ ।

उनको सल्लाह छ, ‘सँधैभरी कार वा अन्य लाइब्लिटिज किन्नुभन्दा अगाडि एसेट निर्माण गर्न कहिल्यै भुल्नु हुँदैन अन्यथा धेरै वित्तीय क्षति हुन्छ ।’

तसर्थ कुनै निर्णय चाँडो लिइ हाल्नुभन्दा पनि शुरुवाती दुई वर्षमा पहिला घर किन्ने निर्णय स्मार्ट हुनसक्छ । यसबाट नसोचेको प्रतिफल पाउन सकिन्छ तर, पूर्ण प्रोफेशनल जीवनमा ब्यस्त मानिसले घर कि कार रोज्नु पर्‍यो भने आफ्नो आवश्यकतालाई छुट्याउन सक्नुपर्छ ।

माथि भनिएका कुराअनुसार तपाईंको आवश्यकता के हो त्यहीअनुसार निर्णय लिनु उपयुक्त हुन्छ । -एजेन्सी