काठमाण्डौ । बंगलादेशमा पहिलो पटक रासायनिक मल उत्पादन सुरु भएको छ ।

चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गत सन् २०२० देखि उक्त कारखाना बनाउन सुरु गरिएको थियो । सो कारखानाको उद्घाटन प्रधानमन्त्री शेख हसिनाले एक समारोहका बीच सबैभन्दा ठूलो र पहिलो हरियो मल कारखाना घोराशाल–पोलास युरिया उर्वरक परियोजना (जीपीयूएफपी) को उद्घाटन गरेकी हुन् ।

उद्घाटन समारोहमा बोल्दै उनले कार्बनडाइअक्साइड समात्ने यो बंगलादेशको पहिलो मल प्लान्ट भएको बताइन्। उनका अनुसार यसले देशमा युरिया मलको उत्पादन १० प्रतिशतले बढाउन मद्दत गर्नेछ ।


बीआरआई परियोजनाअन्तर्गत बंगलादेशमा मल कारखाना सञ्चालनमा आएको हो ।

कारखानाबाट ८ लाख मेट्रिक टन युरिया र ५ लाख मेट्रिक टन एनहाइड्रस अमोनिया अनुमानित वार्षिक उत्पादन गर्ने लक्ष्य छ ।  -एजेन्सी