काठमाण्डौ । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को प्रथम त्रैमासमा १ करोड ५२ लाख ८६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।
संस्थाद्वारा जारी प्रथम त्रैमास विवरणअनुसार उक्त मुनाफा अघिल्लो आर्थिक वर्ष २०७५/७६ को सोही अवधिको तुलनामा १ करोड ४२ लाख रुपैयाँले बढी हो । अघिल्लो वर्ष सोही अवधिमा संस्थाले १० लाख १७ हजार रुपैयाँमात्र खुद मुनाफा आर्जन गरेको थियो।
यस अवधिमा संस्थाको खुद ब्याज आम्दानी ५ करोड ९९ लाख रुपैयाँ रहेको छ । गत वर्ष यही अवधिमा ४ करोड ४० लाख रुपैयाँ रहेको थियो ।
त्यस्तै संस्थाको सञ्चालन मुनाफा २ करोड ३७ लाख रुपैयाँ रहेको छ । जब अघिल्लो वर्ष सोही अवधिमा १५ लाख रुपैयाँमा सीमित थियो । यसले संस्थाको व्यवसाय विस्तार आक्रमण देखाउँछ ।
यस अवधिमा संस्थाले १ अर्ब १८ करोड निक्षेप संकलन गरी ३ अर्ब १८ करोड ऋण परिचालन गरेको थियो । गत वर्ष यही अवधिमा संस्थाले ७७ करोड ५४ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ३७ करोड ऋण परिचालन गरेको थियो ।
संस्थाको रिजर्भको आकार १६ करोड २६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा संस्थाको रिजर्भको आकार ११ करोड १३ लाख रुपैयाँ रहेको थियो ।
संस्थाको चुक्ता पुँजी १६ करोड २० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा चुक्ता पुँजी १४ करोड ८ लाख रुपैयाँ रहेको थियो।
पहिलो त्रैमासमा संस्थाको प्रतिसेयर आम्दानी ३७.७४ रुपैयाँ रहेको छ भने प्रति सेयर नेटवर्थ २०० रुपैयाँ रहेको छ । संस्थाको मूल्य आम्दानी अनुपात २८.५४ रुपैयाँ र प्रतिस्यर कुल सम्पत्तिको मूल्य २३५८.३५ रुपैयाँ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago