काठमाण्डौ । बियर निर्माता कम्पनी काल्र्सवगको बिक्रीमा पहिलो त्रैमासमा ७ प्रतिशतको गिरावट आएको छ ।
सुुपर मार्केटहरुमा बियरको बिक्रीमा बढोत्तरी आए पनि यसले कोरोनाका कारण बन्द रहेका बार र रेष्टुुराँलाई सन्तुुलन गर्न नसकेको र योभन्दा खराब दिन आउन अझै बाँकी रहेको कम्पनीले जनाएको छ।
एन्हुुसेर बुुश र हेइनकेन पछि विश्वकै सबैभन्दा ठूलो बियर निर्माता कम्पनी काल्र्सवगले चीनमा बियरको बिक्रीमा सुुधार आउने सक्ने संकेतहरु देखिएको जनाएको छ । जहाँ कोरोना संक्रमणमा व्यापक गिरावट आएपछि साना आउटलेट्सहरु खुुल्ला गर्न अनुुमति दिइएको छ ।
लकडाउनका कारण विशेषगरी पश्चिम युुरोपका बार र रेष्टुुराँहरुको बिक्रीमा गम्भीर प्रभाव परेकाले यो महिनाको सुरुवातमा मार्गनिर्देशिका रद्ध गरेको थियो ।
काल्र्सवगका अनुुसार सुुपरमार्केटमा बढेको बिक्रीले पश्चिम युुरोपका बार र रेष्टुुराँमा आएको घाटालाई परिपुुर्ति गर्न नसक्ने जनाएको छ, जहाँ पहिलो त्रैमासमा विक्रिमा ६ प्रतिशतको गिरावट आएको छ । “सामाजिक दुुरीले अझै निरन्तरता पाइरहने भएकाले यसले उपभोक्ताको व्यवहारमा प्रभाव पार्नेछ ।” कम्पनीका प्रमुुख कार्यकारी सिस् टि हार्टले भने । कम्पनीले जनवरी र मार्च महिनाको बिचमा १२.९ बिलियन डलर कमाएको जनाएको छ, जुुन कम्पनीका विश्लेषकहरुले गरेको १२.८ बिलियन डलरको प्रक्ष्यपण भन्दा केही मात्रै बढी हो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago