काठमाण्डौं । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ ।
नेप्से इन्डेक्स ३५.६७ अंकले घटेर १९२१ विन्दु कायम हुन पुगेको छ । सेन्सेटिभ इन्डेक्स पनि आज १.६८% ले घटेको छ ।
नेप्सेमा रहेका १३ वटै सब–इन्डेक्सहरु राताम्य भएका छन् । बीमा समूहका दुईवटै उपसूचकहरु घटेका छन् । जीवन बीमा उपसूचक २.२८ प्रतिशत र निर्जीवन बीमा उपसूचक १.८६ प्रतिशतले घटेको छ । बीमा उपसूचकहरु घट्दा आज सबै बीमा कम्पनीको सेयरभाउ ओरालो लागेको छ ।
सर्वाधिक सेयरभाउ घट्ने कम्पनीमा सानिमा रिलायन्स लाइफ रहेको छ । कम्पनीको सेयरभाउ ४.६६% अर्थात् २२.५० रुपैयाँले घटेर ४६० रुपैयाँमा कायम भएको छ ।
त्यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३.६०प्रतिशतले घटेर ५३६ रुपैयाँ, आइएमई लाइफको ३.४४प्रतिशत, रिलायबल नेपाल लाइफको २.८८प्रतिशतले घटेर ४४५ रुपैयाँ, आईजीआई प्रुडेन्सियलको २.८२प्रतिशत ले घटेर सेयरभाउ ४८३ रुपैयाँ कायम भएको छ ।
यसका साथै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको २.७६प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको २.५८प्रतिशत, हिमालयन लाइफको २.५२प्रतिशत, नेशनल लाइफको २.४८प्रतिशत, एशियन लाइफको २.३९प्रतिशत, सिटिजन लाइफको २.१९प्रतिशत, एलआइसी नेपालको २.१७प्रतिशत, सूर्यज्योती लाइफको २.१५प्रतिशत, सलिकोको १.९९ प्रतिशत, सानिमा जीआईसी इन्स्योरेन्सको १.८५ प्रतिशतले सेयरभाउ घटेको छ ।
त्यस्तै, प्रभु इन्स्योरेन्सको १.६४ प्रतिशत, युनाइटेड अजोड इन्स्योरेन्सको १.६२ प्रतिशत, नेको इन्स्योरेन्सको १.५५ प्रतिशत, नेपाल लाइफको १.४८ प्रतिशत, नेपाल इन्स्योरेन्सको १.४२ प्रतिशत, शिखर इन्स्योरेन्सको १.३५ प्रतिशत, सन नेपाल लाइफको १.२१ प्रतिशत र एनएलजी इन्स्योरेन्सको ०.९२ प्रतिशतले सेयरभाउ घटेको छ ।
त्यस्तै, आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनीको लिस्टमा प्रिमियम मूल्यमा आइपीओ जारी गरेका चार वटा जीवन बीमा कम्पनी परेका छन् । दोस्रो बजारमा आएदेखि नै यी चार जीवन बीमा कम्पनी सर्वाधिक कारोबार हुने कम्पनीहरुको लिस्टमा परेको छ ।
आज रिलायबल नेपाल लाइफको ५ करोड ५७ लाख, सिटिजन लाइफको ४ करोड ५५ लाख, आईएमई लाइफको ४ करोड २० लाख रुपैयाँ र सन नेपाल लाइफको ४ करोड १६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago