काठमाण्डौ । एकसयजना भन्दा बढी यात्रु सवार पाकिस्तानको एक अन्तराष्ट्रिय फ्लाइट क्र्यास भएको छ । 

पाकिस्तानको कराँची शहर नजिकै सो प्लेन क्र्यास भएको हो । 

पाकिस्तानको उड्डयन मन्त्रालयले सो प्लेनमा ९९ यात्रु तथा ८ चालक दलका सदस्य रहेका पुष्टि गरेको सिएनएनले जनाएको छ । 

यो विमान पाकिस्तानको राष्ट्रिय एयरलाइन्स कम्पनी पीआइएको रहेको थियो । लाहौरबाट उडेको सो बिमान कराँची विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । 

दिउँसो १ बजे लाहौरबाट उडेको ए ३२० पीके ८३०३ एयरबस कम्पनीबाट निर्मित बिमा कराँचीको लागि उडेको बताइएको छ । 

कराँची एयरपोर्टमा करिब २ः३० मा अवतरण हुने क्रममा सो प्लेन नजिकैको मोडल कोलोनीमा खसेको बताइएको छ । एयरपोर्टबाट निकै नजिक रहेको सो क्षेत्रमा बिमान खसेको भिडियो रेकर्ड भएको छ, जहाँ गल्लीमा रोकिएका केही गाडीहरु समेत जलेका देखिएको छ ।