काठमाण्डौ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कोरोनाभाइरसँग लड्नका लागि भारतलाई सहयोग गर्ने प्रस्ताव गरेका छन् ।
उनले लकडाउनका कारण प्रभावित भारतीय परिवारहरुलाई पाकिस्तानको “एहसास प्रोग्राम” मार्फत सहयोग प्रदान गर्न इच्छुुक रहेको बताएका छन् ।
इमरान खानले एक ट्विट गर्दै भने, “रिपोर्टका अनुुसार भारतभरका करीब ३४ प्रतिशत परिवारहरु अतिरिक्त सहायताबिना एक साताभन्दा धेरै समयसम्म जिविका चलाउन असमर्थ हुुने देखिएकाले सहयोगका लागि म तत्पर छुु र पैसा हस्तान्तरण गर्ने हाम्रो सफल कार्यक्रमलाई अन्तराष्ट्रिय स्तरमा यसको पारदर्शी पहुुँचका लागि भारतसँग हाम्रो अनुुभव साट्न तयार छुु ।”
कोरोनाभाइरसको नियन्त्रण र रोकथामका लागि भारतमा मार्चको अन्तिमबाट कडा लकडाउन जारी गरिएको थियो । कडा लकडाउनका कारण भारतका अधिकांश जनता प्रभावित बनेका थिए।
अमेरिकाका दुुईवटा विश्वविद्यालय र भारतको मुम्बईमा स्थित एक संस्थाको प्रतिवेदनका अनुुसार लकडाउनका कारण भारतका करीब ८४ प्रतिशत परिवारको आम्दानीमा कमी आउनेछ र करीब ३४ प्रतिशत परिवार यस्ता छन् जुुन अतिरिक्त सहायताबिना एक साताभन्दा धेरै अवधि सम्म दैनिक गुुजारा चलाउन सक्ने छैनन् ।
पाकिस्तानमा एहसास कार्यक्रम मार्फत अहिलेसम्म एककरोड भन्दा अधिक परिवारलाई करीब १२१ अर्ब पाकिस्तानी रुपैयाँ नगदका रुपमा हस्तान्तरण गरिएको छ । पछिल्ला दिनहरुमा भारतमा कोरोना संक्रमणमा तीव्र वृद्धि भइरहेको छ । जसले त्यहाँका दैनिक ज्यालादारी गरी गुुजारा चलाउने मानिसहरुको जीवन कठिन बनाइदिएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago