काठमाण्डौ। ‘मलाई सुत्नका लागि एउटा खाट र खानामा रोटी र सामान्य तरकारी पाएँ भने म खुसी हुनेछु। मलाई जिउनका लागि अरु केही चाहिँदैन। यद्यपि, हाम्रो जीवन धेरै रंगीन थियो। युक्रेनमा जीवनशैली निकै आरामदायी थियो। मानिसहरु सडकमा मसँग सेल्फी लिन्थे। धेरै मानिस आउँथे र भन्थे कि हामी तपाइँबाट धेरै प्रभावित छौँ। तर, ममा कुनै घमण्ड छैन।’
यी शब्दहरु पाकिस्तानमा जन्मेका अर्बपति मोहम्मद जहुरका हुन्। जसलाई ‘किभको राजकुमार’ पनि भनिन्छ। विश्वले उनलाई ‘स्टिल किंग’ र युक्रेनको मनोरन्जन उद्योगको ठूलो व्यक्तित्वका रूपमा चिन्छ।
जहुरकी पत्नी कमलिया सन् २००८ मा मिसेस वर्ल्डको उपाधि जितेकी थिइन्। उनी युक्रेनकी चर्चित गायिका पनि हुन्। उनी जहुरकी दोस्रो पत्नी हुन्।
जहुरको युक्रेनका राष्ट्रपति र प्रधानमन्त्रीसँग घनिष्ठ सम्बन्ध रहेको छ। विगत ११ वर्षदेखि उनले युक्रेनमा म्युजिक अवार्ड कार्यक्रम पनि आयोजना गर्दै आएका छन्। जुन ‘ग्रामी’ भन्दा कम छैन।
युक्रेनमा रुसी आक्रमण हुनुभन्दा दुई दिनअघि जहुर आफ्ना आठ वर्षीय जुम्ल्याहा छोरीसँग लन्डन गएका थिए। उनले अब युक्रेन छाडेको बताए।
कराँचीका विद्यार्थी कसरी बने युक्रेनको सबैभन्दा धनी व्यक्ति ?
कराँचीका जहुरलाई आज संसारमा स्टिल विशेषज्ञ मानिन्छ। उनी सन् २००८ सम्म स्टिल व्यवसायसँग प्रत्यक्ष आबद्ध थिए। उनको युक्रेन र बेलायतलगायत विश्वमा धेरै स्टिल मिल थिए। हाल उनले युक्रेन र संसारभरिका आफ्ना स्टिल मिलहरु बेचिसके।
हाल जहुर विश्वभर स्टिल व्यवसायबारेमा सल्लाह र सुझाव दिनुका साथै लगानीे व्यवसायमा संलग्न छन्। यसबाहेक उनले युक्रेनमा धेरै वर्षसम्म ‘किभ पोस्ट’ नामक पत्रिका पनि चलाए। सरकारको निष्पक्ष नीति र आलोचनाका कारण पत्रिका लोकप्रिय बनेको तर पछि बेचेको जहुरको दाबी छ।
जहुरकी पहिलो पत्नी अहिले मस्कोमा बस्छिन् र मस्कोसँग पनि उनको नजिकको सम्बन्ध छ। उनी पनि १३ वर्ष मस्को बसेका थिए।
जहुर आफैँले भने कि उनकी दोस्रो पत्नी कमलियाले धेरै यस्ता कार्यक्रममा गीत गाएकी छिन्, जहाँ राष्ट्रपति पुटिन पनि पाहुनामा थिए। कमलियाका बुबा मस्कोका हुन् र आमा युक्रेनकी हुन्। तर, कमलियाले आफूलाई युक्रेनी मान्छिन्।
आक्रमणका सबै सम्भावनाका बाबजुद पनि कमलियाले आफ्नो देश छोड्न चाहिनन्। जहुरले भनिन्, ‘फेब्रुअरी २२ मा जब विश्वभरका समाचार च्यानलहरुले आक्रमणको सम्भावनाको बारेमा जाँदै थिए, उनी अझै पनि रुसीहरु हाम्रा दाजुभाइ हुन् र उनीहरुले हामीमाथि आक्रमण गर्ने छैनन् भनी भनिरहेकी थिइन्।’ त्यसैले उनले जहुरलाई छोरीहरुसँग लन्डन पठाए र उनी आफैँ त्यहाँ बसे।
‘सरकारसहित सतप्रतिशत मानिसलाई कुनै आक्रमण नहुनेमा विश्वस्त थिए’, जहुरले भने, ‘राष्ट्रपति जेलेन्स्की पनि मेरो असल मित्र हुन्। म सधैँ उनलाई सोध्ने गर्थें म के गरुँ?’
कराँचीदेखि युक्रेन यात्रा
मोहम्मद जहुरको जन्म पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीमा भएको थियो। उनका बुबा खुशहाल खान खैबर पख्तुनख्वा प्रान्तको मानसेरा जिल्लाको हसनैना गाउँका बासिन्दा हुन्। खुशहाल खान पाकिस्तान गठन हुनुअघि नै कराँची गएका थिए।
‘मेरो सफलतामा मेरो बुवा–आमाको आशीर्वाद र अल्लाहको ठूलो हात छ’, जहुरले भने।
‘हामी कराँचीमा बस्थ्यौँ र त्यतिबेला बुवाको सरकारी जागिर भए पनि हाम्रो जीवन अरुजस्तो सम्मानजनक र विलासी नभएको कुरा हामीलाई मन पर्दैनथ्यो। मेरो बुवा सिन्धका उपमहालेखाकार हुनुहुन्थ्यो। ठूलो पोष्ट थियो। तर, उहाँसँग मान्छेहरु गाडीमा आउनुहुन्थ्यो, मेरो बुबा १५ वर्षको हुँदा साइकलमा हिँड्नुहुन्थ्यो। हाम्रो पनि यस्तै बानी थियो। तर, पछि यो कुराले मेरो जीवनमा ठूलो भूमिका खेल्यो’, उनले भने।
जहुरको देशबाहिरको यात्रा सन् १९७४ मा सुरु भयो। जब उनी सोभियत संघमा इन्जिनियरिङ पढ्नका लागि छनोट भए। त्यतिबेला उनी कराँचीको एनईडी विश्वविद्यालयमा इन्जिनियरिङ प्रथम वर्षका विद्यार्थी थिए।
छात्रवृत्तिका लागि छनोट गरिएका ४२ बालबालिकामध्ये केहीलाई सेन्ट पिटर्सबर्ग, केहीलाई मस्को र केहीलाई जहुरसहित डोनेस्क पठाइयो।
पाकिस्तानी स्टिल मिलमा पहिलो काम
सोभियत संघबाट शिक्षा लिएर पाकिस्तान फर्किएपछि जहुरले पहिले स्टिल मिलको सुरक्षा विभागमा र पछि निर्माण विभागमा काम गरे। दुवै विभागको काम डिग्रीसँग सम्बन्धित थिएन। उनले धातु विज्ञानमा इन्जिनियरिङ गरेका थिए। तर, उनलाई शिक्षा र सीपअनुसार काम दिइएको थिएन। प्रतिकूलता र मनोवृत्तिका बाबजुद पनि जहुरले यति राम्रो काम गरे कि जब उनले त्यो जागिर छोड्ने मन बनायो। त्यतिबेलाको स्टिल मिलका अध्यक्षले सातपटक राजीनामा अस्वीकार गरे।
सोभियत संघ फिर्ता
मस्कोको एउटा कम्पनीलाई पाकिस्तानसँग व्यापार गर्न मद्दत गर्ने व्यक्तिको खाँचो थियो। रुसी भाषामा जहुरको योग्यता र प्रवीणताका कारण जहुरलाई यो कामका लागि छनोट गरिएको थियो। यसरी उनी मस्को पुगे।
१९८० को दशकको अन्त्यतिर मस्को पुगेपछि जहुरले स्पेयर पार्ट्स आपूर्ति गर्न थाले। साथै, त्यहाँबाट स्टिल सार्नु लाभदायक सम्झौता हुन सक्छ भनी उनले कम्पनीलाई भने। स्टिल मिलका लगभग सबैले उनलाई चिन्थे।
यो व्यवसायमा जहुरको कम्पनीले पाकिस्तानमा स्टिल पठाउन थाल्यो। तर, यो बिक्रीको बदलामा पाकिस्तानबाट नगदको सट्टा कपडाका रुपमा भुक्तानी गरियो। यस कार्यबाट प्रचूर नाफा अर्थात् बजारमा हालको नाफाभन्दा धेरै गुणा बढी भयो।
तीन वर्षमै जहुरको तलब १ हजार डलर र बोनसबाट बढेर ५० हजार डलर पुग्यो। तर उनले आफ्नै व्यवसाय सुरु गर्ने सोच बनाएइ। त्यतिबेला उनले थाइल्यान्डका एक व्यापारीसँग मिलेर कम्पनी खोले। जसमा ४९ प्रतिशत सेयर जहुरको थियो।
यसरी स्टिलको संसारमा शासन गर्न जहुरको यात्रा सुरु भयो। विस्तारै उनको अफिस युरोप र त्यसपछि विश्वभर खुल्न थाल्यो।
स्टिल किंग
सन् १९९६ मा जहुरले डोनेट्स्कमा स्टिल मिल किने। उक्त मिल उनले विद्यार्थी जीवनमा अन्तिम अभ्यास पूरा गरेका थिए र डिग्री हासिल गरेका थिए। जहुर स्टिल मिलका मालिक बने। तर, उनको अवस्था धेरै खराब थियो। यद्यपि उनले अत्याधुनिक र धेरै राम्रो मिल बनाए। त्यसपछि जहुरले अमेरिका र विश्वका विभिन्न देशमा स्टिल मिल स्थापना गरे। युक्रेनमा पनि सम्बन्ध बढाए।
किन बेचे स्टिल मिल
सन् २००८ मा चीनले ओलम्पिकको आयोजना गर्दै थियो। चीनले ओलम्पिकको तयारीका विश्वभरबाट स्टिल खरिद गरिरहेको थियो। जहुरले पनि धेरै बेचे। त्यसपछि चीनभित्र स्टिल मिलहरू द्रुत रुपमा खुल्न थाले। यो अवस्था देखेपछि जहुरलाई अब आफ्नो व्यवसाय नाफामुखी नहुने महसुस भयो। सन् २००८ मै उन आफ्नो स्टिल व्यवसाय पूर्ण रुपमा बेचे।
जहुरको निर्णय सही थियो। अहिले उनी विश्वभर लगानी गरिरहेका छन्। उनले करिब १०० मिलियन डलर लगानी गरेका छन्। –बीबीसीबाट भावानुवादित
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago