Chikpete Chor Bajar
काठमाण्डौ । भारतको मुम्बई जानुहोस् या दिल्ली वा अन्य कुनै सहर, त्यहाँ रहेका चोरबजारहरु निकै चर्चित छन् । नेपाली व्यवसायी र सर्वसाधारण समेत चोर बजारमा सामान सस्तोमा पाइने भन्दै त्यहाँ पुग्ने गर्छन । भारतमा यस्ता ठूला चोर बजार छन्, जहाँ चोरीको सामान सस्तोमा पाइन्छ । यिनीहरुले गर्ने व्यापारको भोल्यूम पनि निकै ठूलो छ । यी बजारहरुमा चोरीका जुत्ता, मोवाइल, ग्याजेट, अटो पार्टसदेखि लिएर चोरीकै कारसम्म पनि खरीद गर्न पाइन्छ । भारतका यी चोर बजारहरुमा चोरीका बाइक र गाडीहरुलाई केही मोडिफाई गरेर बिक्री गरिन्छ । यस्ता बजारको आसपासमा आफ्नो गाडी तथा बाइक पार्क गर्नु समेत निकै खतरनाक र जोखिमपूर्ण हुन्छ । यदि भूलवश तपाईंले आफ्ना गाडी चोरबजारमा पार्क गर्नुभयो भने क्षणभरमै तपाईंको गाडीको कुनै पार्टस हराउन सक्छ र त्यो पार्टस चोर बजारको कुनै पसलमा फेला पार्न सक्नुहुनेछ । यी हुन भारतका प्रमुख चोर बजारहरु :
मुम्बई चोर बजार
मुम्बईको चोर बजार दक्षिणी मुम्बईको मटन स्ट्रीट मोहम्मद अली रोड नजिकै अवस्थित छ । यो बजार करिब १ सय ५० वर्ष पुरानो हो । यो बजारलाई पहिला ‘शोर बजार’ भनिन्थ्यो, ‘शोर’को अर्थ हिन्दीमा आवाज निकालेर कराउनु हो, अर्थात यहाँका व्यापारी पहिला ठूलो स्वरमा कराउँदै ग्राहकहरुलाई बोलाउथे । तर यहाँ आउने अंग्रेजहरुले शोरलाई गलत ढंगले उच्चारण गरी ‘चोर’ भन्न थालेपछि अन्ततः यो बजारको नाम नै ‘चोर बजार’ रहन पुग्यो ।
यो बजारमा सेकेण्ड ह्याण्ड कपडा, अटोमोवाइल्सका पार्टस्, चोरीको घडी, चोरीकै सजावटका सामान पाइन्छ । जानकारहरुका अनुसार यो क्षेत्रमा रेष्टुरामा समेत राम्रै भीड लाग्छ । यहाँ कवाबको आइटम निकै प्रख्यात छ । यो बजार घुम्न जानेले पाकेटमारहरुदेखि निकै सावधान हुनुपर्ने भारतीय मिडियाहरुले बताएका छन् । यो बजारसँग जोडिएको ऐतिहासिक कहानी समेत निकै रोचक छ । मुम्बईको यात्राको दौरान रानी भिक्टोरियाको महंगा सामान पानीजहाजमा लोड गर्ने क्रममै चोरी भएको थियो । रानीको सामान केही दिनपछि मुम्बईको यही चोर बजारमा फेला परेको थियो ।
दिल्लीको चोर बजार
यो भारतकै सबैभन्दा पुरानो ‘चोर बजार’ हो । पहिला यो बजार सण्डे मार्केटको रुपमा लालकिल्लाको पछाडिको क्षेत्रमा लाग्थ्यो । तर अहिले यो बजार दरियागञ्जको जामे मस्जिदको छेउमा लाग्ने गर्छ । यो बजार मुम्बईको चोरबजार भन्दा केही फरक छ । यो बजारलाई कतिपयले कवाडी बजार पनि भन्ने गर्छन । यहाँ हार्डवेयरदेखि लिएर किचन र इलेक्टोनिक्सका सामान समेत पाइन्छ ।
यो बजार जामे मस्जिदको छेउमा हरेक आइतबार लाग्छ । यहाँ कुनै सामान खरीद गर्न मन भए आफूले रोजेको सामानको गुणस्तरमा आफैं चनाखो हुनुपर्छ, कारण बिक्रेताले जति नै गुणस्तरीय सामान हो भनेर गफ दिए पनि वास्तविकता ठीक उल्टो हुन्छ । यो बजारसँग जोडिएको किम्बदन्ती(किस्सा) पनि निकै रोचक छ । कुनै समय यहाँ एक व्यक्तिले आफ्नो कार पार्क गरेका थिए, केहीबेर बजार डूलेर फर्किँदा चोरहरुले उनको गाडीको टायर फूकालेर गायब पारिसकेका थिए । खोज्दै जाँदा ती सज्जनले आफ्नो गाडीबाट चोरी गरिएको टायर कुनै दोकानमा किनबेचका लागि बार्गेनिङ हुँदै गरेको भेटे । त्यसपछि नै यो बजारको नाम ‘चोर बजार’ रहन गयो ।
यूपीको चोर बजार
यूपीको मेरठको सोतीगञ्ज मार्केट पनि चोर बजार हो । यो बजारलाई चोरीका स्पेयर पार्टस् र गाडीहरुको मुख्य अखडा नै मानिन्छ । यो बजारमा सबै खालका गाडीहरुको पार्टस् सस्तोमा पाइन्छ, कारण सबै खालका गाडीबाट चोरिएको पार्टस यहाँ आइपुग्छन । यहाँ चोरी र पुरानो मात्र होइन, दुर्घटनामा खराब भएको गाडी समेत ल्याइने गरिन्छ ।
यो बजार मेरठ सहरमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म खुल्छ । यहाँ सामान खरीद गर्दा तपाईंलाई सही डिलर खोज्नु निकै चुनौतिपूर्ण हुनेछ । यो बजारमा १९७९ को अम्बेस्डर गाडीको ब्रेक पिस्टनदेखि लिएर १९६० मा बनेको महिन्द्रा जीप क्लासिकको गियर बक्स र वल्र्ड वारमा प्रयोग भएको विलिज जिपको टायरसम्म पाइन्छ भनिन्छ ।
बंगलुरुको चोर बजार
दिल्ली र मुम्बईको तुलनामा यो चोर बजार खासै चर्चित भने होइन । यो बजार बंगलुरुको चिकपेटे भन्ने स्थानमा हरेक आइतबार लाग्छ । यहाँ सेकेण्ड ह्याण्ड वस्तु, ग्रामोफोन, चोरीको ग्याजेट्स, क्यामेरा, इलेक्ट्रोनिक आइटम र सस्तो जिम उपकरण पाइन्छ । यो बजार गाउँमा लाग्ने बजार जस्तै आइतबार लाग्छ ।
चेन्नईको चोर बजार
केन्द्रीय चेन्नईमा रहेको चोर बजार अटो नगरमा पुरानो र चोरीको कारलाई मोडिफाई गरिन्छ । यहाँ हजारौको संख्यामा चोरीका सामान बिक्री हुने दोकानहरु राखिएका छन् । यी दोकानहरु गाडीको ओेर्जिनल पार्टस पूर्जालाई अदलबदल गर्ने मामलामा निकै चर्चित छन् । कारण, यो काममा र यो बजारमा अन्तर्राष्ट्रिय एक्सपर्टहरु नै सहभागी हुन्छन् । यहाँ गाडीहरुको तमाम स्पेयर पार्टस सस्तोमा पाइनुको साथै भनेजस्तो आकार, साइज र रंगमा आफ्नो गाडीलाई मोडिफाई गर्नेहरुको चाहना पूरा हुन्छ । यो चोर बजार गाडीलाई बदल्नका लागि सबैभन्दा राम्रो थलो हो । यो बजारमा प्रहरीले समेत कयौं पटक छापामारी गरिसकेको छ, तर पनि यो बजार बन्द हुनुको साटो झनै चम्किइरहेको छ ।
यो बजार चेन्नईको एग्मोर ट्रेन स्टेसनदेखि १ किलोमिटरको दूरीमा अवस्थित छ । यो बिहान १० बजेदेखि साँझ ६ बजेसम्म खुल्छ । यो बजारमा आफ्नो गाडी वा बाइक कहिल्यै पनि पार्क नगर्नुहोस् । गल्तीले पार्क गर्नुभयो र केहीबेर कतै हराउनुभयो भने तपाईं फर्कदा तपाईको गाडी वा बाइकको पार्टस कुनै दोकानमा मोलतोल भइरहेको हुनसक्छ ।
बिजशाला / एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago