काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल बिस्तार गर्ने क्रममा सोमबार पाल्पाको तिनाउ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । यस जिल्लामा बैंकको यो दोस्रो शाखा हो ।
अब, लक्ष्मी बैंकको शाखा सञ्जाल ४१ जिल्लामा ७८ वटा, ३ हस्पिटल सेवा काउन्टर, ९८ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् अनि ४०० भन्दा बढी मोबाईल एजेन्टहरु पुगेका छन् । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास व्यक्त गरेको छ ।
आ.व. २०७३/७४ मा ५९.३२ अरब निक्षेप र ५२.७३ अरब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार ७०.९० अरब रहेको छ । सोही आ.व.मा बैंकले १०० करोडको हाराहारीमा खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले बढी हो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago