काठमाण्डौ । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्नो नजिकको व्यक्तिलाई बीमा पोलिसी उपहार दिने नयाँ प्रचलन बढ्दै गइरहेको छ । विवाह उत्सव होस् या जन्मदिन वा अन्य कुनै विशेष उत्सवमा दिइने उपहारले निकै नै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । 

त्यस्तै, अहिले उपहार दिने शैली परिवर्तन हुँदै गएको छ । क्षणभरमै ओइलाउने फूलका बुकी र खेर जाने सामाग्रीभन्दा जीवन सुरक्षित बनाउने बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ । जुन बीमा क्षेत्र र बीमितको लागि सकारात्मक पक्ष हो । 

ललितपुर–२२ बुङमतीमा बस्ने निरन तुलाधारले छोरा जोयश तुलाधारलाई पाश्निको अवसरमा बीमा पोलिसी उपहार दिएका छन् । भविष्यमा चाहिने पढाई खर्चको व्यवस्थापनको लागि तुलाधारले नेशनल लाइफ इन्स्योरेन्सको १५ लाख रुपैयाँको ‘बाल अमृत पोलिसी’ खरिद गरि उपहार दिएका हुन् । 

हरेक आमा बुबाको सपना छोरा छोरीको उज्जवल भविष्य निर्माण गर्नु हो । यस क्रममा आर्थिक सहजता होस् भन्ने मूल्यांकन गरी बेलैमा बच्चाहरुको बीमा गर्दा राम्रो हुने निरन तुलाधारले बताए । 

उक्त पोलिसी उनले नेशनल लाइफ इन्स्योरेन्स भैंसीपाटी शाखा प्रमुख श्रीकृष्ण महर्जन र चिफ बिजनेश म्यानेजर सरिता महर्जन समक्ष हस्तान्तरण गरेका थिए । बच्चाहरुको भविष्य सुनिश्चित र आर्थिक जोखिम समेत बहन गर्नका लागि नेशनल लाइफको बाल अमृत पोलिसी खरिद गर्दा लाभदायी हुने शाखा प्रमुख महर्जनले बताए । 

बीमा गरेको दुई वर्षपछि वा बीमितको ६ वर्ष उमेर पुगेपछि जोखिम प्रारम्भ हुने र कम्तिमा ५० हजार र धेरैमा ५ लाख बीमाङ्क रकमको बीमा गर्न सकिने भएकाले यो पोलिसी बालबालिकाका लागि उपयुक्त हुने चिफ बिजनेश म्यानेजर सरिता महर्जनले बताईन् ।