Prabhu Group
काठमाण्डौ । २८ वर्षअघि नेपाल भित्रिएको अल्पाइन कार्ड सर्भिस POS (Point of Sale) कार्ड मेसीन मार्फत क्यासलेस कारोबारकोे प्रयोग बढाउन प्रभु ग्रुपले भूमिका खेल्ने भएको छ । जसको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ ।
व्यापारिक केन्द्रहरुमा राखिएका यी मेसीनहरु ग्रामीण तहसम्म फैलाउने गृहकार्य भइरहेको ग्रुपले जनाएको छ । अल्पाइन बिजिनेस कार्डसँग सम्बन्धित विभिन्न सेवाहरु दिने उद्देश्यले स्थापित कम्पनी हो । हाल यो कम्पनीको बहुमत सेयर प्रभु ग्रुपले लिएको छ भने कम्पनीको महाप्रबन्धकमा प्रभु ग्रुपको तर्फबाट राजगोपाल राजभण्डारी नियुक्त भएका छन् ।
हालसम्म नेपालमा तीनहजार पाँचसय वटा पस मेसिन संचालनमा रहेका र दुईहजार वटा मेसिन २०७४ सालभित्र थपिने क्रममा रहेको प्रभु ग्रुपले जनाएको छ । बित्तीय पहुँच बिस्तारका लागि पस मेसिनको प्रयोगलाई प्रभुले विभिन्न ग्रामीण तहसम्म पुर्याउन गृहकार्य गरेको बताएको छ । नेपालमा रहेका पीओएस मेसिनहरुको प्रयोग प्रायः विदेशीहरुले नै गर्ने गरेका छन् । अब भने स्वदेशमै यसको प्रयोग बढाउन प्रभु ग्रुपले भूमिका खेल्ने भएको हो ।
यो मेसिन भित्रिएको लामो समय भइसक्दा पनि नेपालमा क्यासलेस ट्रान्जेक्सनको विकास तीब्र गतिमा हुन सकेको छैन । किनमेल गर्दा नगद नै बोकेर जाने नेपालीहरुलाई हातमा नगद नहुँदा बैंकमा भएको रकम सिधै क्रेडिट तथा डेबिट कार्डहरुबाट खर्च गर्ने बानीको विकास हुने ग्रुपको अपेक्षा छ ।
पिओएस(पस) कार्ड मेसीन के हो ?
पिओएस मेसीन क्यासलेस कारोबार गर्ने माध्यम हो । जसबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सक्छन् ।
दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूला सपिङ मलहरु, होटल, हवाई टिकट सिनेमा हल लगायत पैसाको कारोबार गरिने जुनसुकै स्थानहरुमा पनि यो मेसिनको प्रयोग गर्न सकिन्छ । एटीएम वा बैंकमै गएर नगद निकाल्नुपर्ने झञ्झटलाई यो सिस्टमले निर्मूल पार्नेछ ।
साथमा पैसा हराउने अथवा लुटिने लगायतका समस्याबाट पनि बच्न सकिन्छ । जसको प्रयोग समुन्नत मुलुकहरुमा अत्यधिक हुने गर्दछ । यस किसिमको कारोबार बढ्दै गयो भने नेपाल राष्ट्र बैंकलाई नोट छापिरहनु पर्दैन । नोट छाप्दा विदेशीने मोटो रकमको बचत हुनुका साथै डिजिटल फाइनान्स पूर्ण रुपमा कार्यान्वयनमा आउनेछ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago