काठमाण्डौ। भारतका बैंकहरु एकपछि अर्काे गर्दै डुुबिरहेका छन्।

यसअघि बन्द भएको पञ्जाब एन्ड महाराष्ट्र कोअपरेटिभ (पीएमसी) बैंकपछि अहिले अर्काे भारतीय बैंक सीकेपी कोअपरेटिभ बैंक बन्द भएको छ। भारतको केन्द्रीय बैंक रिर्जभ बैंक अफ इन्डिया (आरबीआई) ले यो बैंकको लाइसेन्स रद्द गर्दै यसको कामकाजमा प्रतिबन्ध लगाएको छ। 

आरबीआईले यो बैंकको वित्तीय अवस्था एकदमै नाजुुक अवस्थामा रहेको जनाएको छ। यो बैंकको अहिलेसम्म अन्य बैंकसँग मर्ज हुुने कुुनै पनि ठोस योजना अगाडि आएको छैन। 

बैंकका प्रबन्धकले पनि बैंकको अवस्थालाई सुुधार गर्ने कुुनै पनि विश्वसनीय प्रतिबद्धता जाहेर गरेका छैनन्।  बैंकको लाइसेन्स रद्द र बैंकको सम्पत्ति बेच्ने घोषणा गरेसँगै डीआईसीजीसी एक्ट–१९६१ अनुुसार सीकेपी कोअपरेटिभका निक्षेपकर्ताको पैसा फर्काउने प्रक्रिया सुुरु हुुने आरबीआईले जनाएको छ। प्रत्येक निक्षेपकर्तालाई डिपोजिट इन्स्योरेन्स तथा क्रेडिट ग्यारेन्टी कर्पाेरेसनको नियमअनुुसार अधिकतम ५ लाख रुपैयाँ प्रदान गरिने बताइएको छ। 

बैंकको गतिविधि सार्वजनिक हित तथा निक्षेपकर्ताको हितको प्रतिकुुल रहेको आरबीआईको ठहर छ। ‘व्यवस्थापनको कामकाज पनि सार्वजनिक हित तथा निक्षेपकर्ता हितविरुद्ध रहेको पाइयो’, आरबीआईले भनेको छ। – एजेन्सी