काठमाण्डौ । सिद्घार्थ बैंकले भाद्र २९ गते बिहीबार काठमाण्डौको पुतलीसडकस्थित शेयर मार्केट कमर्सियल कम्प्लेक्समा एक्स्टेन्सन् काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले उक्त एक्स्टेन्सन् काउन्टरमार्फत् सबै प्रकारका बैंकिङ सेवा उपलब्ध हुने जानकारी गराएको छ ।
सिद्घार्थ बैंक नेपाल स्टक एक्सचेञ्जको क्लियरिंग एण्ड सेटलमेन्ट बैंक पनि हो। सिडिएस र क्लियरिंगको कार्यालय पनि यही भवनमा रहेकोले यो शाखाको स्थापनापछि शेयर कारोबार गर्ने ग्राहकहरुलाई कारोबार गर्न सहज र सरल हुनेमा बैंकले विश्वास व्यक्त गरेको छ । हालै बैंकले शेयर कारोबार सहज र सरल बनाउन सिद्घार्थ मेरो शेयर खाता पनि सञ्चालनमा ल्याइसकेको छ।
यस एक्स्टेन्सन् काउन्टरसहित बैंकले हाल देशभर रहेका ७७ शाखा, ३ एक्स्टेन्सन् काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र ५०० भन्दा बढी पिओएस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago