काठमाण्डौ । पुनर्बीमा कम्पनीहरुले प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड(पीईभीसी) मा लगानी गर्न पाउने भएका छन् ।

प्राधिकरणले जीवन बीमकको लगानी निर्देशन २०७९ लाई दोस्रो संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । 

प्राधिकरणले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्विटी फण्ड र भेन्चर क्यापिटल फण्ड मा जीवन र निर्जीवन बीमा कम्पनीले लगानी गर्न पाउने व्यवस्था गरेको छ । लगानीको सीमा कुल लगानीको बढीमा १.५ प्रतिशत निर्धारण गरिएको छ । यस्तो लगानी एकै फण्डमा बढीमा १ प्रतिशतसम्म गर्न सकिने प्राधिकरणले जनाएको छ । 

यस्तै प्राधिकरणले  पुनर्बीमा कम्पनीहरुले अन्य कम्पनीको सेयरमा गर्ने लगानी ५ प्रतिशतबाट बढाएर १५ प्रतिशत कायम गरेको छ ।