Prime Commercial Bank
काठमाण्डौ । अन्तर्राष्ट्रिय स्तरका विभिन्न पुरस्कार प्राप्त गरी आर्थिक वर्ष २०७२ ७३ मा चर्चामा रहेको प्राइम कमर्सियल बैंकले सो अवधिमा खूद नाफातर्फ निकै राम्रो प्रगति गरी आफूलाई अर्ब क्लबमा समावेश गराउन सफल भएको छ ।
खूद नाफा ५१.३२ प्रतिशतले बढाउँदै यो बैंकले आफूलाई पहिलोपटक अर्ब क्लबमा प्रवेश गराएको हो ।
अघिल्लो आर्थिक वर्षको खूद नाफा ७४ करोड ५५ लाखलाई बढाएर बैंकले यो वर्ष १ अर्ब १२ करोड नाफा कमाएको हो ।
बैंकले बिहीबार प्रकाशन गरेको चौथो त्रैमासको बित्तीय विवरणका अनुसार खूद ब्याज आम्दानीमा पनि सन्तोषजनक प्रगति हासिल भएको देखिएको छ । १ अर्ब ३८ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर १ अर्ब ५८ करोड पुगेको छ ।
यो बैंकले ४८ अर्ब ३५ करोड निक्षेप संकलन गरी ४० अर्ब २८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ४१ अर्ब निक्षेप संकलन गरी ३२ अबृ ६१ करोड कर्जा प्रवाह गरेको थियो ।
प्राइम बैंकको चुक्तापूँजी ३ अर्ब ७० करोड रुपैयाँ रहेको छ । रिजर्बमा १ अर्ब ७५ करोड रुपैयाँ रहेको छ । यो बैंकले १ अर्ब ५० करोड संचालन नाफा आर्जन गरेको छ ।
बैंकले निस्क्रिय कर्जालाई समेत सन्तोषजनक ढंगले नै घटाएको छ । अघिल्लो आबमा १.८३ प्रतिशत रहेको यस्तो कर्जा यो वर्ष घटाएर १.२३ प्रतिशतमा झारिएको छ ।
बैंकको प्रति सेयर आम्दानी र प्रति सेयर नेटवर्थ क्रमशः ३०.४५ र १४७.३९ रुपैयाँ कायम भएको छ । मूल्य आम्दानी अनुपात २४.५० गुणा रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19