काठमाण्डौ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस महिनामा विद्युतीय कारोबारका माध्यमबाट ४१ खर्ब बढी रुपैयाँ भुक्तानी भएको जनाएको छ।
राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले आज देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै विद्युतीय माध्यमबाट ४१ खर्ब ४५ अर्ब ९० करोड रुपैयाँबराबरको भुक्तानी भएको हो। राष्ट्र बैंकले आरटीजीएस, एटीएम, ईसीसी, आईपीएस, कनेक्ट आईपीएस, डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, शाखारहित बैंकिङ, बालेट, क्यूआर, पीओएस र ई–कमर्सका माध्यमबाट उक्त रकमबराबरको कारोबार भएको जनाएको हो।
पछिल्लो समय निरन्तर विद्युतीय माध्यमबाट कारोबार संख्या बढ्नुका साथै कारोबार रकम पनि बढिरहेको केन्द्रीय बैंकले जनाएको छ। पुुसमा आरटीजीएस, एटीएमसहितका १५ विद्युतीय माध्यमबाट प्रयोगकर्ताले ७ करोड ४१ लाख २२ हजार ६५२ वटा कारोबार गरेका छन्।
मंसिरमा भने ७ करोड ७ लाख ३७ हजार ३१४ वटा कारोबारबाट ३६ खर्ब ९७ अर्ब ९० करोड रुपैयाँ भुक्तानी भएको थियो।
अनुसन्धान विभागले मंसिरको तुलनामा पुसमा विद्युतीय कारोबार र भक्तानी दुवैमा त्रमशः ३३ लाख ५ हजार ३३ वटा कारोबार र ४ खर्ब ४८ अर्ब २४ करोड रुपैयाँ भएको जानकारी दिएको हो।
समीक्षा अवधिमा मोबाइल बैंकिङबाट सर्वाधिक कारोबार भएको छ। मोबाइल बैंकिङबाट २ करोड १६ लाख ४५ हजार १६२ वटा कारोबार हुँदा सबैभन्दा कम प्रिपेड कार्डबाट ६० हजार ७६० वटामात्रै कारोबार भएको छ। यी दुई माध्यमबाट क्रमशः १ खर्ब ६७ अर्ब ८० करोड र ४० करोड बरारबरको भुक्तानी भएको हो।
तर, रकम भुक्तानीका आधारमा भने आरटीजीएस प्रणालीबाट सबैभन्दा धेरै भुक्तानी भएको छ। यस प्रणालीबाट ६८ हजार ७७४ वटा कारोेबारबाट २७ खर्बबढी रकम भुक्तानी भएको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19