काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १५ औँ वार्षिक साधारणसभाको मिति टुंगो लगाएको छ। 

गत पुस २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २७ गते सुनसरीको धरानस्थित सुनसरी उद्योग वाणिज्य संघमा आयोजना गर्ने निर्णय गरेको हो। सभाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश पारित गर्नेछ। 

बैंकले गत आर्थिक वर्षका लागि कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने बोनस सेयर र ०.७९ प्रतिशतले हुन आउने नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्। 

यसैगरी सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने वा गाभिने वा प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। 

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि बैंकले पुस १४ गतेदेखि पुस २७ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १३ गतेसम्म कायम सेयरधनीहरु लाभांश प्राप्ति र सभामा भाग लिन योग्य हुनेछन्।