काठमाण्डौ । युुरोपको अधिकांश भूभागमा अझै पनि लकडाउन, हिँडडुुलमा प्रतिबन्धहरु र उल्लंघन गर्नेलाई जरीवानाको व्यवस्था कायम छ । तर युरोपकै एउटा देश–स्वेडेनमा भने यस्तो अवस्था छैन । स्वेडेनको नोर्डिक कन्ट्रीमा रेष्टुुरेन्ट, बार, खेलमैदान र स्कूलहरु खुुल्ला छन् ।
सरकार पनि कोरोनो संक्रमणको नियन्त्रण र रोकथामका लागि जनताको स्वेच्छिक कदम र क्रियाकलापमा भर परिरहेको छ । स्वेडेनको यो एक विवादित कदमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पनि ध्यान तानेको छ ।
“स्वेडेनले जनावरको जस्तो हुुल बनाएको छ, जसलाई उनीहरु कहिल्यै नछुुट्टिने मानिसको समूह भनिरहेका छन् । यो कदमले स्वेडेनले नराम्ररी कष्ट भोग्नुुपर्ने छ ।”ट्रम्पले मंगलबार आफ्नो अभिव्यक्तिमा भनेका थिए ।
ट्रम्पले यसो भने पनि स्वेडेन सरकार आफ्नो नीति र योजनाले काम गर्नेमा आत्मविश्वासी छ । स्वेडेन कि परराष्ट्रमन्त्री आन् लिन्डेले बुुधबार स्वेडेनको टेलिभिजनलाई ट्रम्पले स्वेडेनले कमजोर मानिसलाई बचाउन अरुलाई भाइरस सार्न अनुुमति दिएर झुण्ड प्रतिरोधात्मक सिद्धान्त अपनाएको भन्ने कुुरा तथ्याङ्गत रुपमा गलत भएको बताइन् ।
यसका साथै उनले स्वेडेन सरकार जनताले लिने जिम्मेवारपूर्ण कदमको भर परेको बताइन् । स्वेडेनका महामारी रोग विज्ञ एन्डर्स टेग्नेल पनि ट्रम्पले स्वेडेनले नराम्रो गरिरहेको भन्ने आलोचनाबाट पछि हट्दै भने “मलाई स्वेडेनले ठिकै गरिरहेको जस्तो लाग्छ । यो कदमले सधै जस्तै गुुणात्मक परिणामहरु दिइरहेको छ । अहिलेसम्म स्वेडेनको स्वास्थ्य संयन्त्रले यो महामारीलाई शानदार ढंगले सम्हाल्दै आइरहेको छ ।”
जोन्स् हपकिन्स युुनिर्भसिटीको आँकडाका अनुुसार अप्रिल ९ गतेसम्म स्वेडेनमा कोरोना संक्रमितको संख्या ९१४१ र मृत्युु हुुनेको संख्या ७९३ पुुगेको छ । स्वेडेनको यो कदम मानिसहरुलाई बाध्य पार्नुुको साटो उनीहरुको हौसला बढाउने र सिफारिस गर्ने खालको छ ।
स्पेन सरकारले मार्च १४ मा देशव्यापी लकडाउन गरेको दुुई दिनपछि स्वेडेनका सरकारी अधिकारीहरु भने जनतालाई हात धुुन र बिरामी भए घरमै बस्न हौसला दिइरहेका थिए ।
मार्च २४ मा स्वेडेनले रेष्टुुरेन्टमा भिडभाड कम गर्न नयाँ कानुुन ल्यायो । तर रेष्टुुरेन्टहरु प्राय खुुल्ला नै रहेका छन् ।
त्यस्तै प्राथमिक र माध्यमिक स्कुुलहरुमा ५० जनासम्म भेला हुुन अहिले पनि अनुुमति दिइएको छ । टेग्नेलले स्कुुलहरु खुुल्ला राख्ने निर्णयको बचाउ गर्दै भने,“हामीलाई थाहा छ कि स्कुुलहरु बन्द गर्दा त्यसले स्वास्थ्य हेरचाहमा धेरै प्रभाव पार्छ भनेर किनकि अब अधिकांश मानिसहरु काममा जान सक्दैनन् । स्कुुल जान नपाउँदा धेरैजसो बालबालिकाहरुले कष्ट भोग्नुुपर्ने हुुनसक्छ ।”
स्टकह्वल्मकि एक पत्रकार इलिसाबेथ लिडेनले सिएनएनलाई सहरमा अहिले कम भीड भइरहेको बताइन् । पहिले सडकमा पूर्ण रुपमा सवारी साधन गुुड्ने गरेकोमा अहिले एक दुुईवटा मात्रै देखिने उनले बताइन् ।
यसका साथै उनले अधिकांश मानिसहरुले सरकारले सामाजिक दुुरी बनाउन दिएको सुुझावलाई गम्भीर रुपमा लिएको बताइन् । उनले थपिन्, “केही स्विडिस जनता आफ्ना जोडीहरुलाई चुुम्बन पनि गरिरहेका छैनन् भने अरु इस्टर पार्टी त्यागिरहेका छन् ।”
आँकडामा ताजा वृद्धि
स्वेडे नले आफ्नो धेरैजसो ध्यान पाका उमेरका जनतालाई बचाउनमा दिइरहेको छ । ७० वर्ष र त्यो भन्दा धेरै उमेर पुुगेका मानिसहरुलाई सम्भव भएसम्म घरमै बस्न र सामाजिक दुुरी कायम राख्न भनिएको छ । त्यहाँका एक सरकारी अधिकारीले सम्पूर्ण जनताले सरकारको कदमको सर्मथन गरेको, तर धेरैजसोले भर्खरै(अप्रिल १) सम्म पनि वृद्धहरुका लागि घर जान प्रतिबन्ध नलगाइएको तथ्यले निराश बनेको र अहिले यी घरहरुमा भाइरस व्यापक रुपमा फैलिएपछि मृतकको संख्या बढिरहेको बताए ।
विश्व स्वास्थ्य संगठन पनि स्वेडेनको नीति र कदमबाट सशंकित बनेको छ। विश्व स्वास्थ्य संगठनले बुुधबार सिएनएनलाई स्वेडेनले कोरोना संक्रमण रोक्ने उपायहरु बढाउनुपर्ने, स्वास्थ्य प्रणालीलाई महामारीका लागि तयार र क्षमता बढाउनुपर्ने, शारीरिक दुुरी सुुनिश्चित गर्नुपर्ने र सबै उपायहरु किन र कसरी महत्वपूर्ण छन् भनेर जनतालाई सूचित गर्नुुपर्ने जनाएको थियो ।
स्वेडेनको कोरोनाबाट संक्रमित र मृत्युु हुुनेको बक्ररेखा कडा नियम र प्रतिबन्ध लागू गरेका अन्य युुरोपेली देशहरु भन्दा माथि नै छ ।
इम्पेरियल कलेज लण्डनको अध्ययनको आँकडाअनुुसार मार्च २८ सम्म ३.१ प्रतिशत स्विडीस जनता कोरोनाबाट संक्रमित भएको जनाएको थियो ।
युुरोपको अन्य देशजस्तै नर्वेमा यो प्रतिशत ०.४१ र बेलायतमा २.५ रहेको छ । अप्रिल ८ सम्मको आँकडाअनुुसार प्रत्येक १० लाख स्विडीस जनतामा ६७ जना संक्रमितको मृत्युु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नर्वेमा प्रत्येक १० लाखमा १९ जनाको मृत्युु भएको र फिनल्याण्डमा ७ जनाको मृत्युु भएको छ । स्वेडेनका केही अनुुसन्धानकर्ताले स्वेडेन सरकार कोरोना नियन्त्रण र रोकथामका लागि कडा रुपमा प्रस्तुुत हुुनुपर्ने बताएका छन् ।
यो साता स्वेडेनका प्रख्यात चिकित्सकहरुले एउटा खुुला पत्र लेखेका थिए, जसमा उनीहरुले ठूलो संख्यामा मानिसहरु रेष्टुुरेन्ट, बार, सपिङ मलमा भेला भइरहेका र दुर्भाग्यवश यसले मर्नेको संख्यामा बढोत्तरी भइरहेको लेखेका थिए ।
गणितीय तथ्यांकका प्राध्यापक टिम ब्रिटेनले सरकारको कोरोना रोक्ने मोडलले देशको जनसंख्यालाई कसरी संक्रमित गर्छ भनेर बताएका छन् ।
उनले अप्रिल महिनाको अन्तिमसम्म स्वेडेनका ४० प्रतिशत जनता संक्रमित हुुनसक्ने विश्वास गरेका छन् । अहिलेको कठीन अवस्थाको विश्लेषण गर्दै उनले वर्तमान अवस्थामा स्वेडेनका १० प्रतिशत जनता संक्रमित भएको हुुन सक्ने अनुुमान लगाए ।
सरकारले लिएको नीतिका विरोधीहरुले जनताको स्वेच्छिक बानीव्यवहारले कोरोनाको संक्रमण झन् तीव्र गतिमा फैलने र यसले देशको स्वास्थ्य प्रणालीलाई भारी प्रभाव र दवाब पार्ने बताइरहेका छन्।
स्वेडेनसँग कुुल जनसंख्याको तुुलनामा क्रिटीकल केयर बेडको औसत संख्या युुरोपकै सबैभन्दा कम रहेको छ ।
सरकारी अधिकारीहरुले सिएनएनसँगको कुुराकानीको क्रममा अहिले त्यहाँ सुुरक्षा उपकरणहरुको आपूर्ति, माग भन्दा केही मात्रै अघि रहेको बताएका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago