काठमाण्डौ । रुपन्देहीको सिद्धार्थनगरमा मुख्य कार्यालय रहेको पूर्णिमा विकास बैंकले समेत आस्वा सेवा दिने भएको छ । 

यो बैंकले आइतबार एक सूचना प्रकाशित गर्दै आइपीओ र एफपीओमा आवेदन दिनका लागि आफ्ना सबै शाखा कार्यालयबाट सशुल्क आस्वा सेवा उपलब्ध रहेको जनाएको हो । 

यो बैंकले प्रति दरखास्त १ सय रुपैयाँ शुल्क लिएर आस्वा सेवा दिने बताएको छ । 

सिद्धार्थनगरमा रहेको केन्द्रीय कार्याल्य, तथा शाखा कार्यालयहरुः रुपन्देहीको भलबारी, नवलपरासीको परास, तिनाउ नपाको ड्राइभरटोल, बुटवल, गैडहवाको सूूर्यपूरा, रोहिणी गाउँपालिकाको धकधई शाखा तथा चितवन शाखाबाट समेत आस्वा सेवा उपलब्ध रहेको बताइएको छ ।