काठमाण्डौ ।अमेरिकी विमान निर्माता कम्पनी बोइङ ७३७ म्याक्स विमान आकाशमा फर्किने क्रममा छ । 
हालैका दिनमा बोइङले परीक्षणको क्रममा एउटा बीमानमा लुज बोल्ट फेला परेपछि विश्वभरका ७३७ म्याक्सको निरीक्षण गर्न  बीमान कम्पनीहरुलाई आग्रह गरेको छ ।

फेडरल एभिएशन एडमिनिस्ट्रेशन (एफएए) ले एउटा अन्तरराष्ट्रिय अपरेटरले लुज नट बोल्ट  फेला पारेपछि हवाईजहाज निर्माताले रुडर प्रणालीको निरीक्षणको लागि आह्वान गरेको हो ।

विमान निर्माताले एयरलाइन्सहरूलाई दुई हप्ता भित्रमा म्याक्स निरीक्षण गर्न सिफारिस गरेको छ तर ७३७ म्याक्स विमानहरू सुरक्षित रूपमा उडान गर्न जारी राख्न सक्छन् ।

बोइङले सफ्टवेयर अपडेटको माध्यमबाट यसलाई सल्टाउन सकिने पनि बताएको छ । 

पाँच महीनाभन्दा कम समयमा २ ओटा विमान दूर्घटनामा परेपछि सन् २०१९ को मार्चमा विश्वभर बोइङको सो विमान ग्राउन्डेड भएको थियो ।

इथियोपिया र इन्डोनेसियामा दुईवटा विनाशकारी दुर्घटनामा ३४६ जनाको ज्यान गएपछि विश्वभर २० महिनाको लागि ग्राउन्ड गरिएको बोइङ ७३७ म्याक्सलाई अमेरिकी नियामकहरूले २०२० मा फेरि यात्रुहरू उडान गर्न अनुमति दिएका थिए ।

कम्पनीले व्यवसायिक रुपमा आफ्ना उत्पादनहरु पनि जारी राखेको छ ।बोइङले कुनै बेला उल्लेख्य बिक्री भएको विमान ७३७ म्याक्सको उत्पादन पछिल्लो समय घटाइरहेको छ । बोइङ विश्वका धेरै देशमा विमान उडाउन अनुमति मिल्ने आशामा छ ।

यदि बोइङको विमानलाई उडानको अनुमति दिन थप ढिलाइ भए वा निकामकीय कडाई कायमै रहे यस श्रृंखलाका उत्पादन बन्द गर्ने सोचमा पनि रहेको स्रोतले बताएको छ ।-एजेन्सी