काठमाण्डौ । भारतको सबैभन्दा ठूलो डिजिटल पेमेन्ट प्लेटफर्म पेटीएमको प्यारेन्ट कम्पनी वान ९७ कम्युनिकेसन्सको बिहीबार सेयर बजारमा लिस्टिङ निराशाजनक रह्यो। कम्पनीको सेयर डिस्काउन्टका साथ सेयर बजारमा लिस्ट भएको थियो। फेरि यो कम्पनीको सेयर कारोबारका क्रममा २७.२५ प्रतिशतले घटेर बन्द भयो।
करिब भारु ५ हजार करोडभन्दा बढी आकारको यो आईपीओले पहिलो दिन नै भारतीय सेयर बजारमा हालसम्मकै ठूलो नोक्सानी व्यहोर्नुपर्यो। पेटीएमले व्यहोरेको यो उच्च गिरावटको रेकर्ड सायदै कुनै कम्पनीले तोड्न चाहन्छन् होला।
पेटीएमको सेयर बीएसईमा भारु १९५५ अर्थात ९.०७ प्रतिशत डिस्काउन्टका साथ लिस्टिङ भएको छ। यसको इस्यु प्राइस भारु २१५० थियो। अर्थात लगानीकर्ताले प्रतिकित्ता सेयरमा भारु १९५ रुपैयाँ घाटा व्यहोरेका छन्।
यसैगरी एनएसईमा यो कम्पनीका सेयर ९.३ प्रतिशत डिस्काउन्टका साथ भारु १९५० मा लिस्टिङ भएको थियो। यकम्पनीको सेयर लिस्टिङ प्राइसभन्दा भारु ३९०.८५ अर्थात १९.९९ प्रतिशत र इस्यु प्राइसभन्दा भारु ५८५.८५ अर्थात २७.२५ प्रतिशतको गिरावटका साथ बन्द भएको थियो।
यो कम्पनीको सेयरले पहिलो दिन नै सबैभन्दा बढी गिरावट व्यवहोर्ने रेकर्ड कायम गरेको छ। यसअघि यस्तो रेकर्ड उद्योगपति अनिल अम्बानीको कम्पनी रिलायन्स पावरको नाम थियो। यो कम्पनीको सेयरले २१.७३ प्रतिशत प्रिमियका साथ सेयर बजारमा धमाकेदार एन्ट्री गरेको थियो तर बजार बन्द हुँदा १७.२२ प्रतिशतको गिरावट व्यहोर्नुपरेको थियो। यो कम्पनीको आईपीआ भारु ११ हजार ७०० करोडको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago