IPO
काठमाण्डौ । निर्माणाधीन ६ मेगावाट क्षमताको खानीखोला जलविद्युत आयोजनाले ९ करोड ३१ लाख रुपैयाँ बराबरको ९ लाख ३१ हजार कित्ता साधारण शेयर निश्कासन(आइपीओ गर्ने)को तयारी अन्तिम चरणमा पुगेको छ ।
जेठ दोश्रो साताभित्र निश्कासन गर्ने भनिएको शेयरको बिक्री प्रबन्धकको रुपमा सिभिल क्यापिटलले नियुक्ति पाएको छ ।
सिभिल क्यापिटलले सामूहिक लगानी कोषहरुलाई शेयर किन्न पत्र पठाइसकेको छ । सर्वसाधारण लगानीकर्ताहरुका लागि सो शेयर निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।
ललितपुरको भट्टेडाँडा नजिकै निर्माणधीन उक्त जलविद्यूत आयोजनाबाट ६ मेगावाट विद्युत उत्पादन हुनेछ । जसमा क्यासकेडको उत्पादन दुई मेगावाट हुने बताइएको छ । उत्पादनको परीक्षण समेत भइसकेको छ ।
प्रसारण लाइन निर्माण नभएको कारण विद्युत उत्पादन केही ढिला भएको हो । उक्त आयोजनाबाट उत्पादित विद्युत थानकोटमा ल्याएर सबस्टेशनमा जोडिने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । असारसम्म विद्युत उत्पादन सुरु गरिसक्ने कम्पनीको कार्यतालिका छ ।
बैशाखको अन्तिम साता नेपाल धितोपत्र बोर्डले यो कम्पनीलाई ९ लखा ३१ हजार साधारण शेयर निष्काशनको स्वीकृति दिएको हो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19