काठमाण्डौ । वर्तमान कोरोना महामारीको अवस्थामा ग्राहक र कर्मचारीको सुविधा र सुरक्षार्थ ग्लोब आईएमई बैंक लिमिटेडले आफूले प्रदान गर्ने सेवाहरुको समय तालिका सार्वजनिक गरेको छ।
ग्राहक तथा कर्मचारीहरुको सुविधा एवं सुरक्षालाई दृष्टिगत गरी शाखाहरुको सञ्चालनमा सुरक्षाका उपयाहरुलगायत बढी भीडभाड नहुने तथा कारोबारको समयमा समेत केही हेरफेर हुने गरी काम गर्नुपर्ने अवस्था देखिन आएकोले सेवा प्रवाहका लागि समय तालिका मिलाउनुपरेको बैंकले जनाएको छ। बैंकले बुधबार एक सूचना जारी गरी बिहान १० बजेदेखि मध्याह्न १२ः३० बजेसम्म खातामा नगद र चेक जम्मा गर्ने व्यवस्था गरेको छ।
यसैगरी दिउँसो १ बजेदेखि ३ः३० बजेसम्म खाताबाट नगद झिक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ। दिउँसो ४ बजदेखि साँझ ५ः३० बजेसम्म भने नयाँ खाता खोल्ने तथा अन्य जानकारी लिने व्यवस्था बैंकले मिलाएको छ।
ग्राहकको अनुकूलता हेरी सूचना दिई समय तालिका हेरफेर हुन सक्ने पनि बैंकले स्पष्ट पारेको छ। उदाहरणका लागि नजिकै रहेका शाखाहरुका हकमा एउटा शाखाले नगद बुझिलिने वा अर्कोले नगद भुक्तानी गरिदिने हिसाबले समय मिलाउन सकिने बैंकले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19