काठमाण्डौ । सनराइज बैंक लिमीटेडले पोखराको बुढीबजारमा नयाँ शाखा स्थापना गरी औपचारिक कारोबार थालेको छ । 

एक समारोहका बीच पोखरा महानगगरपालिकाका मेयर मानबहादुर जिसी र सनराइज बैंक लिमीटेडका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले सो शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । 

शाखा रहेकै स्थानमा बैंकले एटीएम समेत स्थापना गरी औपचारिक रुपमा सुरुवात गरेको छ । 

शाखा तथा एटीएम उद्घाटन सहारोहमा बैंकका अन्य पदाधिकारी, स्थानीय व्यापारी व्यवसायी, राजनीतिक दलका नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो । 

बुढीबजारमा स्थापित यो शाखा बैंकको १२० औं शाखा हो । 

योसहित बैंकको देशभर शाखा संख्या १२० वटा, शाखारहित बैंकिङ इकाईको संख्या २८ वटा, ६ वटा एक्सटेन्सन काउण्टर तथा १३८ वटा एटीएम रहेका छन् । बैंकले ५ लाख बढी ग्राहकलाई गुणस्तरीय सेवा दिंदै आएको छ ।