काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंकले पोखरा लेखनाथ महानगरपालिकाको बिरौटामा संचालित शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ । 

कास्की जिललाको पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १७ स्थित बिरौटामा संचालित शाखाको एक कार्यक्रमबीच महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गरेका हुन् । 

सो अवसरमा मेयर जिसीले एनसीसी बैंकको सेवा बिस्तारलाई स्थानीयलाई राहात भएको र बैंकको समेत प्रगति हुने विश्वास व्यक्त गरे । महानगरपालिका वडा नं. १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले पनि बैंकको प्रगतिको लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य ओमप्रसाद गौचनले समेत शुुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा नेपाल राष्ट्र बैंक, पोखरा कार्यालय प्रमुख पोमनाथ गौतमले आफ्ना विचारहरु राख्दै यस शाखाको प्रगतिको कामना गरेका थिए ।

एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले कृषि र पर्यटन उद्योगमा हुने लगानीलाई जोड दिने, गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । 

एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले यस क्षेत्रका वासिन्दा, जन प्रतिनिधि र समस्त उद्योग व्यवसायीको सहयोग र शुभेच्छा आवश्यक रहेको र बैंकले पनि वित्तीय अनुशासनभित्र रही उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका थिए ।