काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेड र साहारा हस्पिटल प्रालि पोखराबीच विशेष छुट पाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

सम्झौता अनुसार अब कामना सेवा विकास बैंकका सम्पूर्ण खातावाला, कर्मचारी साथै  उनीहरुका परिवारका अन्य सदस्यहरुले साहारा हस्पिटल प्रालिमा उपचार गराउँदा तथा औषधी खरिद गर्दा विशेष छुट पाउने छन् । 

सम्झौतासँगै बैंकको व्यवसाय प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जनाएको छ ।

सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट  डिपोजिट एण्ड ट्रान्जेक्सन बैकिङ्गका प्रमुख सुवास भट्टराई र साहारा हस्पिटल प्रालिको तर्फबाट संचालक समितिका अध्यक्ष  डा. गिरीधारी शर्माले हस्ताक्षर गरेका थिए ।