काठमाण्डौ । नेशनल बैकिङ्ग ईन्ष्टिच्युटले पोखरामा पहिलो पटक “बैकिङ्ग टुडे एण्ड टुमरो”, विषयमा सम्मेलनको आयोजना गरेको छ ।
शुक्रबार पोखरामा सम्पन्न सम्मेलनमा पोखराका बैंक तथा वित्तीय संस्थाका प्रमुखसहित करिब १०० जना प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
एकदिने उक्त सम्मेलनको उद्घाटन नेपाल राष्ट्रबैंक, पोखराका प्रमुख डा. दिल्लीराम पोखरेल र नेशनल बैकिङ्ग ईन्ष्टिच्युटका सञ्जिव सुब्बाले गरेका थिए ।
सम्मेलनमा पूर्व गवर्नर दिपेन्द्रबहादुर क्षेत्री, नेपाल राष्ट्र बैंकबाट कार्यकारी निर्देशक नरबहादुर थापा र बैकिङ्ग विशेषज्ञ अनल राज भट्टराईले आ–आफ्नो प्रस्तुती राखेका थिए ।
सम्मेलनमा बैकिङ्ग संसारमा सञ्चालनको सबैभन्दा महत्तवपूर्ण पक्षहरुको बारेमा बहस गरिएको थियो । जसमा बैकिङ्ग एसएमइ लोन, राष्ट्रिय अर्थतन्त्रमा बैंकको भूमिका, उत्पादक क्षेत्रमा अवसरको विषयमा बैकिङ्ग क्षेत्रका वरिष्ठ विशेषज्ञहरुले चर्चा गरेका थिए ।
दिपेन्द्रबहादुर क्षेत्रीले वित्तीय अनुशासनमा रहेर वित्तीय संस्थाहरु सञ्चालन हुनुपर्ने बताए भने नरबहादुर थापाले वित्तीय प्रणाली र अर्थव्यवस्थामा बैंकहरुको महत्वपूर्ण भूमिकालाई जोड दिएका थिए ।
यसैगरी, अनलराज भट्टराईले एसएमइ लोन र यसको समस्या र सम्भावनाहरुका विषयमा प्रस्तुती दिएका थिए ।
कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रदेश प्रमुख पुजनराज अर्याल, एनएमबि बैंकका प्रदेश प्रमुख मोहन के. सी. र सिद्धार्थ बैंकका प्रदेश प्रमुख अमित श्रेष्ठहरुबाट बृहत रुपमा वर्तमान मुद्दाहरु र चुनौतीहरुको विषयमा छलफल पनि गरिएको थियो ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19