काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको छ ।

फाइनान्सको आज शुक्रबार बिहान बसेको सञ्चालक समितिले लाभांश प्रस्ताव गरेको हो । फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई कुल १४.२० प्रतिशत लाभाश वितरणको प्रस्ताव गरेको छ ।

फाइनान्सले चुक्तापुँजी ८५ करोड ७२ लाख ७२ हजार ६२१ रुपैयाँको ७ प्रतिशतले हुन आउने ६ करोड ९ हजार ८३ रुपैयाँबराबरको बोनस सेयर र ७.२० प्रतिशतले हुन आउने ६ करोड १७ लाख २३ हजार ६२९ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारणसभाबाट वितरण गर्ने फाइनान्सले जनाएको छ ।