काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
कम्पनी सञ्चालक समितिको गत पुस ३ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफा तथा प्रिमियम कोषबबाट हाल कायम चुक्तापुँजी ९१ करोड ७२ लाख ८१ हजार ७०४ रुपैयाँको कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५ प्रतिशतले हुन आउने ४ करोड ५८ लाख ६४ हजार ८६ रुपैयाँबराबरको बोनस सेयर र ०.२६३ प्रतिशतले हुन आउने २४ लाख १३ हजार ९०० रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19