काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको आज दिउँसो बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही पुस २१ गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो। यसको अर्थ पुस २० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ९६ करोड ३१ लाख ४५ हजार ७९० रुपैयाँको कुल ८.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा ८.०७५ प्रतिशत बोनस र ०.४२५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) छन्।
प्रस्तावित लाभांश वार्षिक साधारणसभाले अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19