काठमाण्डौ । पोर्चुगलका सफल नेपाली व्यवसायी कुमार श्रेष्ठ परदेशिएको २५ वर्षपछि नेपाल फर्किएर विभिन्न सामाजिक तथा धार्मिक संघसंस्थालाई आर्थिक सहयोग गरी फर्किएका छन् ।
केही समयअघि नेपाल आई हाल पोर्चुगल फर्किसकेका श्रेष्ठले नेपालमा छँदा विभिन्न संघसंस्थाहरुलाई आर्थिक सहयोग गरेका हुन् ।
उनले आफ्नी पत्नी सरिता श्रेष्ठको साथमा भक्तपुरको सिद्धि शालिग्राम वृद्धआश्रमका ५० जेष्ठ नागरिकहरुलाई १ लाख १२ हजार रुपैयाँ बराबरको जाडोका सामाग्री वितरण गरेका छन् ।
यस्तै, भक्तपुरमा निर्माण भइरहेको पाथीभरा मन्दिरलाई श्रेष्ठले १ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेका छन् ।
काभ्रेको पाँचखाल नगरपालिका वडानम्बर १३ को मन्दिरका लागि सरिता श्रेष्ठ र श्रेष्ठसँगै नेपाल पुगेकी सरु उप्रेतीबाट ३५ हजार रुपैयाँ बराबरको जिन्सी सहयोग उपलब्ध भएको बताइएको छ ।
श्रेष्ठले मनकामना मन्दिर मर्मतका लागि, आफ्नो जन्मस्थलको स्कूल भवन निर्माणका लागि, दोखलाको भिमसेन मन्दिरमा समेत आर्थिक सहयोग गरेका उनको निजी सचिवालयले जनाएको छ ।
लामो समयपछि नेपाल फर्किएका पोर्चुगलको प्रतिष्ठित नेपाली व्यवसायी तथा चर्चित समाजसेवी श्रेष्ठले आफू नेपालमा छँदा देखेको राजनीतिक लुछाचुँडी तथा गुटबन्दी, विकास निर्माणका काममा हुने गरेको ढिलाई लगायतप्रति भने दुःख व्यक्त गरेका छन् ।
‘हामी जहाँ रहे पनि नेपाललाई बिर्सनुहुन्न । हामीले सत्यता र धर्मको बाटोलाई भूल्नुहुन्न ।’ नेपाल फर्किनुअघि उनले आफ्नो शुभेच्छुकहरुसँग भनेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago