काठमाण्डौ । घरेलु बजारमा भाउ नियन्त्रण गर्न भारत सरकारले प्याजमा निर्यात शुल्क लगाउने निर्णय गरेको छ। 

भारत सरकारले घरेलु बजारमा प्याजको अभाव हुन नदिन र भाउ नियन्त्रण गर्न निर्यात शुल्क लगाउने निर्णय गरेको हो। भारत सरकारले प्याजमा ४० प्रतिशत निर्यात शुल्क लगाउने निर्णय गरेको छ।

भारतको वित्त मन्त्रालयले आउँदो डिसेम्बर ३१ सम्म प्याजमा ४० प्रतिशत निर्यात शुल्क लाग्ने जानकारी गराएको छ। हालै भारतमा टमाटरको भाउ अचाक्ली बढेको थियो। तर, अहिले भारतको घरेलु बजारमा प्रतिकिलो टमाटर भारु ४०–५०मा झरेको छ। 

नेपालबाट गत सातामात्रै ५ टन टमाटर भारत गएको थियो। अझै नेपालबाट १० टन टमाटर भारत आउँदै गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छ। यसले भारतीय बजारमा टमाटरको भाउ नियन्त्रणमा सहयोग पुगेको बताइएको छ। 

प्याजमा पनि टमाटरकै हाल नहोस् भन्ने उद्देश्यले भारतले निर्यात शुल्क लगाउने निर्णय गरेको हो। भारतको यो निर्णय नेपाली बजारमा प्याजको भाउ बढ्ने देखिन्छ। 

नेपाली बजारमा खपत हुनेमध्ये ९० प्रतिशतभन्दा बढी प्याज भारतबाट आयात हुन्छ। भारत सरकारले आन्तरिक बजारमा प्याजको भाउ अनियन्त्रित ढंगले ४० प्रतिशत निर्यात शुल्क लगाउन निर्णयले नेपालमा भित्र्ने भारतीय प्याजको भाउ पनि बढेर आउने निश्चित छ। योसँगै नेपाली बजारमा प्याजको भाउ बढ्नेछ।