Sagarmatha Insurance
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेड बर्षेनी प्रगति पथमा लम्कँदै गएको देखिएको छ ।
शुक्रबार काठमाण्डौको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न २१ आंै वार्षिक साधारणसभाका अधिकांश वक्ताहरुले इन्स्योरेन्स प्रगतिपथमा गइरहेको भन्दै व्यवस्थापनको प्रशंसा गरे ।
सभामा वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीका अध्यक्ष रामकृष्ण मानन्धरतले कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा २०७३/७४ मा २६.७० प्रतिशतले व्यवसाय वृद्धि गरी १ अर्ब ४० करोड ९० लाख ८५ हजार प्रिमियम आजर्न गरी खूद नाफा २७ करोड ६२ लाख आर्जन गर्न सफल भएको बताए । उनले मुनाफामा समेत अघिल्लो आर्थिक वर्षभन्दा समीक्षा वर्ष ३३.५९ प्रतिशतको वृद्धि हासिल गर्न कम्पनी सफल भएको सुनाए ।
कम्पनीले चालुु आर्थिक वर्षको पुस २० गतेसम्म ८१ करोड ८८ लाख बिमा प्रिमियम संकलन भइसकेकोले यो वर्षको लक्षित प्रिमियम हासिल हुने प्रष्ट्याए । कम्पनीको कुल लगानी १३० करोड भन्दा बढी रहेको र आर्थिक अवस्था मजबुत बन्दै गएको भन्दै साधारणसभाका संचालकहरुले खुशी व्यक्त गरेका थिए ।
कम्पनीमा मोटर बिमा गराएका ग्राहकलाई छिटोछरितो सेवा उपलब्ध गराउने उद्देश्यले २०७३ साउन २५ देखि संचालनमा आएको सगरमाथा भीआइपी अन दि स्पट योजनाअन्तर्गतको पर्ने दाबीलाई तत्काल फछ्र्यौट गरिएकोले यसबाट बिमितहरुमा कम्पनीप्रति विश्वास बढेको र यो योजनाको ग्राहक वर्गमा सकारात्मक प्रभाव परेको सो क्रममा बताइएको थियो ।
हाल कम्पनीको चुक्तापूँजी ५३ करोड ८२ लाख रहेको छ । बिमा समितिबाट १ अर्ब पूँजी पुर्याउनुपर्ने निर्देशन स्वीकार गरी अगाडि बढेको यो कम्पनीको २०७४ जेठ २६ गते बसेको २४३ औं बोर्ड बैठकले समीक्षा वर्ष २०७३/७४ को खूद नाफा तथा चालुु आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट एकमुुष्ठ बोनस सेयर जारी गरी नपुुग रकम बराबर हकप्रद सेयर जारी गरी चुक्तापूँजी १ अर्ब पुर्याउने निर्णय गरेको थियो ।
समीक्षा बर्षको मूनाफा तथा चालू आर्थिक बर्षको मूनाफाबाट एकमुष्ठ लाभांश बितरणा गर्ने गरी समीक्षा बर्षको वितरणयोग्य मूनाफा १६ करोड ५३ लाख ९० हजार वासलातमा सारेको बताइएको छ ।
यो कम्पनीले हाल प्रधान कार्यालयसहित ४३ वटा शाखा तथा उपशाखा र छवटा एक्सटेन्स कार्यालयबाट सेवा उपलब्ध गराउँदै आएको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago