काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा बिस्तारको क्रममा प्रदेश नं १ को मोरङ जिल्ला, उर्लाबारी नगरपालिका वडा नं ०७ मा माघ १० गते आफ्नो ६४औं शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ । 

बैंकका संचालक  बलराम बराल तथा कामु. प्रमुखकार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा कारोबार शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा कामु प्रमुखकार्यकारी अधिकृतले उक्त शाखा प्रदेश नम्बर १ को लागि पहिलोे भएको र बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा २० वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरी कुल २३ वटा शाखा बिस्तार गर्ने जानकारी दिए ।