काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई डिजिटल भुक्तानी सुविधा प्रदान गर्न खल्ती डिजिटल वालेटसँग सम्झौता गरेको छ । 

प्रभु बैंकका प्रमुख संचालन अधिकृत रश्मि पन्त र खल्तीका निर्देशक अमित अग्रवालले काठमाडौंको बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा आयोजित समारोहमा यस सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे। 

यस साझेदारी अनुसार प्रभु बैंकका देशभरका ग्राहकले मोबाइल बैंकिग र इन्टरनेट बैंकिंग सेवाको उपयोग गरेर आफ्नो खल्ती वालेटमा नगद लोड गर्न सक्नेछन् । खल्तीमा लोड गरिएको रकमबाट यसको प्लेटफर्ममा रहेका सबै प्रकारका डिजिटल भुक्तानी सेवा उपयोग गर्न सक्छन्,बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

यस सहकार्यले नेपालमा डिजिटल भुक्तानीको अवधारणामा अझ बढी सहयोग र्पुयाउने अपेक्षा प्रभु बैंक र खल्ती डिजिटल वालेटले गरेको बताइएको छ । प्रभु बैंक नेपालका क वर्गको बैंकमध्ये एक हो । बैंकले आफ्ना २०८ शाखा, ४६ एक्सटेन्सन काउन्टर र १५५ एटीएम नेटवर्कबाट बैंकिग सेवा प्रदान गरिरहेको छ । बैंकका १४ लाखभन्दा बढी ग्राहक छन् रहेको छन् ।