काठमाण्डौ । प्रभु मनि ट्रान्सफर प्रालि र घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमीटेडबीच रेमिटेन्स सम्झौता भएको छ । 

सम्झौतापत्रमा प्रभु मनि ट्रान्सफरका तर्फबाट नायबमहाप्रवन्धक रामेश्वर सापकोटा तथा घोडीघोडा लघुवित्तका तर्फवाट प्रमुख कार्यकारी अधिकृत कुन्नानारायण चौधरीले हस्ताक्षर गरेका छन् । 

कञ्चनपुर जिल्लाको श्रीपुरमा प्रधान कार्यालय रहेको लघुवित्तलाई विभिन्न १० वटा जिल्लामा काम गर्ने स्वीकृति रहेको छ । हाल लघुवित्तको प्रधान कार्यालय श्रीपुरबाट मात्र कारोवार संचालन गर्ने र आगामी दिनहरुमा क्रमैसंग कारोवार विस्तार गर्दै जाने योजना रहेको लघुवित्तका प्रमुख कार्यकारी अधिकृत चौधरीले जानकारी दिए ।