काठमाण्डौ । प्रभु मनि ट्रान्सफर प्रालि र जनसेवी लघुवित्त वित्तिय सस्थाबीच बीच रेमिटान्स सम्झौता भएको छ । 

सम्झौता पत्रमा प्रभु मनि ट्रान्सफरका तर्फबाट नायब महाप्रबन्धक रामेश्वर सापकोटा तथा जनसेवी लघुवित्तका तर्फबाट अध्यक्ष विकास गौचनले हस्ताक्षर गरे ।

पर्वत जिल्लाको कुश्मा ९, मेलमिलाप चोकमा प्रधान कार्यालय रहेको लघुवित्तको सेवा पर्वत, बाग्लुङ्ग, म्याग्दी, गुल्मी, रोल्पा, रुकुम, कास्की, तनहु, लमजुङ्ग र गोरखामा फैलिएको छ । 

सम्झौतापछि अब लघुवित्तका सबै शाखाहरुबाट प्रभु मनि ट्रान्सफरको सेवा सर्वसाधारणले प्राप्त गर्नेछन् । आगामी दशैसम्म सेवा सञ्चालनमा आइसक्ने बैंकको लक्ष्य छ ।