काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको ६० लाख कित्ता आइपीओ आउने भएको छ ।

आज आइतबार नेपाल धितोपत्र बोर्डमा प्रभु लाइफ इन्स्योरेन्सले ६० लाख कित्ता आइपीओ सेयर निष्कासनको अनुमतिका निम्ति नेपाल धितोपत्र बोर्डसमक्ष निवेदन दिएको छ ।

प्रभु लाइफको चुक्ता पूँजी २ अर्बमध्ये सर्वसाधारणका लागि ३० प्रतिशत अर्थात् ६० लाख कित्ता सेयर निष्कासन हुने भएको छ । प्रतिकित्ता रु.१०० का दरले ६० लाख कित्ता आइपीओ अर्थात् ६० करोड रुपैयाँ बराबरको प्राथमिक सेयर निष्कासनको बिक्री प्रबन्धकमा भने सिद्धार्थ क्यापिटल रहेको छ ।