काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा ब्याज छूटको व्यवस्था गरेको छ ।

कम्पनीले व्यतित बीमालेख पुनजार्गरण वा नविकरण गराउँदा ५० प्रतिशत ब्याज छूटको व्यवस्था गरेको हो । 

पुस १६ गतेदेखि आगामी पुस २७ गतेभित्र नविकरण गराउने बीमितलाई ब्याजमा ५० प्रतिशत छूट प्रदान गरिने कम्पनीले जनाएको छ । 
यो योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज
छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।  

कम्पनीका अनुसार यसअघि ब्याज छुट पाइसकेकालाई भने यस योजनामा समावेश गरिने छैन । यसैगरी गरी छूट योजनामा सहभागी भई छूट प्राप्त गर्ने बीमितलाई पुरा बीमा अवधिभर पुनः ब्याज छूट प्रदान गरिने छैन ।