Prabhu Bank Limited
काठमाण्डौ । मर्जरपछि पनि लामो समयसम्म सेयर कारोबार गर्न नपाएर पीडित प्रभूू र ग्राण्ड बैंकका करिब १ लाख सेयरधनीले आइतबारदेखि राहात महसुुस गरेका छन् ।
ग्राण्ड बैंक गाभिएर बनेको प्रभूू बैंकको सेयर कारोबार सम्पूर्ण रुपमा आइतबारदेखि खुलेपछि लगानीकर्ताहरुले राहात महसुुस गरेका हुन् ।
करिब २२ दिनअघि प्रभूूको १५ औं वार्षिक साधारणसभाको ठीक अघिल्लो दिन सेयर कारोबार खोल्न नियामकले मार्ग प्रशस्त गरेपछि आवश्यक प्रक्रिया पूरा गरी सेयर कारोबार खुलाउन केही समय लागेको हो ।
त्यसअघि तत्कालीन प्रभूू बैंकको मात्र कारोबार खुलेको थियो । दुुई दिन कारोबार खुले पनि ग्राण्ड बैंकको सेयरको कारोबार नखुलेपछि धितोपत्र बोर्डले प्रभूूको कारोबार रोकेको थियो । सो बेला तत्कालीन ग्राण्ड बैंक समेत प्रभूमै गाभिएपछि सबैको सेयर कारोबार एकैपटक खुुल्नुपर्ने भन्दै अडान लिएपछि थप केही समय लम्बिएको थियो ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago