काठमाण्डौ । दशैंतिहार र छठ पर्वको अवसरमा प्रभू मनि ट्रान्सफरले संचालन गरेको प्रभू लक्की सेभेन योजना अन्तर्गत विदेशबाट नेपाल पैसा पठाउनेमध्ये ३ सय ६४ जनाले उपहार पाएका छन् । 

असोज ६ गतेदेखि कात्तिक २० गतेसम्म संचालन भएको प्रभू लक्की सेभेन उपहार योजना अन्तर्गत ग्राहकहरुलाई रिचार्ज कार्डदेखि मोटरसाइकलसम्म उपहार राखिएको थियो । 

प्रत्येक हप्ता एकथान एलइडी टिभी, स्मार्ट मोवाइल १ थान, डिस होम सेट १ थान, दैनिक ७ जनालाई रिचार्ज कार्ड गरी ३ सय ६४ जनाले विभिन्न उपहार पाएका प्रभू मनि टान्सफरले जनाएको छ । 
यो उपहार योजनामा मुख्य आकर्षण रहेको बम्पर उपहार स्वरुप २ जनाले मोटरसाइकल समेत पाएका छन् । 

कात्तिक २३ गते एक समारोहका आयोजना गरी बम्पर उपहारका लागि लक्की ड विधि अपनाइएको थियो । प्रभू ग्रुपकी अध्यक्ष कुशुम लामाले बम्पर उपहारका विजेताहरुको नम्बर घोषणा गरेकी थिइन । 
लक्की ड कोड नम्बर ११५११६१०९९२२ भएका धनुषाको दुबरकोट हथलेटवा घर भएका अशोककुमार मण्डललले सन् २०१६ अक्टोबर १४ का दिन कतारबाट आफ्ना पिता छेदी मण्डललाई १ लाख १० हजार रुपैयाँ पठाएका थिए । उनले बजार मूल्य १ लाख ८४ हजार ९ सय रहेको यमाहाको स्यालुटो बाइक प्राप्त गरेका हुन् । 

यसैगरी, कोड नम्बर २१४६४१५७१ रहेका दाङ, हापुरे ६ घर भएका दुर्गाबहादुर वली क्षेत्रीले साथी दयाराम शाहको नामबाट २०१६ नोेभेम्बर ४ का दिन साउदी अरेबियाबाट नेपालमा रहेकी आफ्नी  पत्नी दिपा सेनलाई ८७ हजार ४ सय ५१ रुपैयाँ पठाएका थिए । उनले समेत बजार मूल्य १ लाख ७४ हजार ९ सय रुपैयाँ पर्ने यमाहाको रेजी स्कूटर पाएका छन् । 

प्रभू मनि ट्रान्सफरले हरेक वर्ष दशैंतिहार र छठको अवसरमा विशेष योजना संचालन गर्दै आइरहेको छ ।