prabhu bank
काठमाण्डौ । लामो समयसम्म अन्यौलको शिकार भएका ग्राण्ड बैंकका सेयरधनीहरुले ढिलै भए पनि राहात महसुस गर्ने भएका छन् ।
नेपाल राष्ट्रबैंकको बिहीबार बिहान बसेको संचालक समितिको बैठकले प्रभूू बैकसँग मर्ज भएको ग्राण्ड बैंकको सबै सेयरहरुको कारोबार फुुकुुवा गर्ने निर्णय गरेपछि सेयरधनीको अन्यौल हटेको हो ।
यसअघि प्रभूू बैंकतर्फको सेयर मात्र कारोबारका लागि फुकुवा भएको थियो । तर २ दिन बजारमा कारोबार भएर ग्राण्डका सेयरधनीलाई अन्याय भएको र यो विषयको समेत उपयुक्त विकल्प ननिस्किएसम्मका लागि भन्दै धितोपत्र बोर्डले प्रभूको कारोबार पनि रोकिदिएको थियो । प्रभू बैंकमा ग्राण्डको सेयर रुपान्तरण नहुँदा समस्या भएको भनिएको थियो ।
प्रभू बैंकका अनुसार राष्टबैंकबाट कारोबार फुकुवा गर्ने निर्णयसँगै अब आउँदो सातादेखि प्रभू र ग्राण्ड बैंक(हाल प्रभू बैंक)को सेयर कारोबार सुरु हुने प्रभू बैंकको सीइओ अशोक शेरचनले बताए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago