काठमाण्डौ । प्रभू मनि ट्रान्सफर र रामारोशन माइक्रोफाइनान्स बित्तीय संस्थाबीच रेमिटान्स सम्झौता भएको छ । 

कात्तिक ८ गते भएको सम्झौतापत्रमा प्रभू मनि ट्रान्सफरका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक रामेश्वर सापकोटा र रामारोशन माइक्रो फाइनान्सको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत बखतबहादुर बटालाले हस्ताक्षर गरेका थिए । 

अछाम जिल्लाको मंगलसेन ५ मा प्रधान कार्यालय रहेको लघुवित्तको विभिन्न १० जिल्लाहरु अछाम, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, कैलाली, जुम्ला, कालीकोट, दैलेख र सुर्खेतमा संचालन स्वीकृति छ । 

हाल बित्तीय संस्थाको प्रधान कार्यालय अछामबाट प्रभू मनि टान्सफरको रेमिटान्स सेवा प्रदान गर्ने र चालु आर्थिक वर्षभित्र नै बाँकी सबै स्थानबाट सेवा संचालन गर्ने लक्ष्य लिइएको सीइओ बटालाले जानकारी दिए ।