Prabhu Bank Limited
काठमाण्डौ । विद्युतीय प्रणाली मार्फत् गरिने सूचना आदानप्रदानको क्रममा हुनसक्ने जोखिम न्यूनिकरण तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउन प्रभु बैंक लिमिटेड र सो सम्बन्धी कार्यका लागि नेपालको आधिकारिक निकाय नेपाल सर्टिफाइङ कम्पनी बीच सम्झौता भएको छ ।
एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कम्पनीका अध्यक्ष विप्लवमान सिंहले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बैंक र कम्पनीका पदाधिकारी तथा कर्मचारीको समेत उपस्थिति रहेको थियो ।
सूचना आदानप्रदानमा हुने जोखिम न्यूनिकरण सम्बन्धी सम्झौतापछि आगामी दिनमा बैंकको आन्तरिक तथा बाह्य ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित र सवल हुने विश्वास लिइएको प्रभू बैंकले जनाएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19